बारामा सशस्त्र प्रहरीको कारबाही : भन्सार छली ल्याइएका कपडा, कफी र कस्मेटिकसहित ९ लाखभन्दा बढीको सामान भन्सार दाखिला

समाचार

बारा ,१२ कार्तिक । सशस्त्र प्रहरी बल, नेपालले बाराको सीमावर्ती क्षेत्रमा भन्सार छली गरी नेपाल भित्र्याइँदै गरेको कपडा, कफी, कस्मेटिकलगायतका सामान बरामद गरी भन्सार दाखिला गरेको छ।

मिति २०८३ कात्तिक १२ गते बाराको विश्रामपुर गाउँपालिका–१, खेखरिया स्थित सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपाल बीओपी बरैनियाबाट खटिएको मोबाइल गस्ती टोलीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याइँदै गरेको सामान नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी निरीक्षक गणेश खत्रीको कमान्डमा खटिएको पाँच सदस्यीय मोबाइल गस्ती टोलीलाई देखेपछि भारतीय नम्बर प्लेटको BR05AB3949 नम्बरको मोटरसाइकल प्रयोग गरी सामान ल्याउँदै गरेको एक जना व्यक्तिले ल्याएका सामान छाडेको विवरण प्राप्त भएको छ।

टोलीले कपडा, कफी, कस्मेटिक सामग्री तथा सामान ढुवानीमा प्रयोग गरिएको मोटरसाइकलसहित कुल रु. ९ लाख ६ हजार ७१० बराबरको सामान नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा दाखिला गरेको सशस्त्र प्रहरी बल बाराले जनाएको छ।

सीमावर्ती क्षेत्रमा हुने अवैध ओसारपसार तथा भन्सार छली नियन्त्रण गर्ने उद्देश्यले सशस्त्र प्रहरीले गस्ती र निगरानीलाई तीव्रता दिएको छ। प्रहरीले सीमाक्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न निरन्तर निगरानी र कारबाहीलाई प्रभावकारी बनाउँदै आएको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *