वीरगञ्ज ,१७ कार्तिक । नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्ज, पर्साका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णबहादुर पल्ली मगरले वडा प्रहरी कार्यालय बिर्ताको अनुगमन तथा निरीक्षण गर्नुभएको छ।
आज मिति २०८३ साल कार्तिक १७ गते एसएसपी पल्ली मगरले वडा प्रहरी कार्यालय बिर्तामा पुगेर CAP अन्तर्गत कार्यालयको अनुगमन तथा निरीक्षण गर्नुभएको हो।
निरीक्षणका क्रममा उहाँले कार्यालयको कार्यसम्पादन, प्रहरी सेवा प्रवाह तथा शान्ति सुरक्षा व्यवस्थापनका विषयमा जानकारी लिनुका साथै प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन प्रदान गर्नुभएको थियो।
उहाँले प्रहरी सेवालाई थप प्रभावकारी, चुस्त, पारदर्शी र जनमुखी बनाउन निर्देशन दिनुभएको जनाइएको छ।
प्रहरी कार्यालयको नियमित अनुगमन तथा निरीक्षणले प्रहरी कर्मचारीको कार्यक्षमता अभिवृद्धि गर्नुका साथै नागरिकमैत्री प्रहरी सेवा र शान्ति सुरक्षा कायम गर्न थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।
