प्रधानमन्त्री बालेन र भारतीय राष्ट्रपति मुर्मूबीच भेटवार्ता

समाचार

काठमाडौं, ७ मंसिर । भारतको भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गरेका छन्।

बालेनले सोमबार दिउँसो राष्ट्रपति निवास पुगेर मुर्मूसँग भेटवार्ता गरेका हुन् । भेटका अवसरमा दुई देशका हितका विषयमा कुराकानी भएको थियो ।

प्रधानमन्त्री बालेन भारतीय समकक्षी नरेन्द्र मोदीसँग औपचारिक भेटवार्ता सम्पन्न गरेपछि राष्ट्रपति मुर्मूलाई भेट्न पुगेका थिए । उनी दुई दिने भारत भ्रमण पूरा गरी आजै साँझ सवा ६ बजे नेपाल एयरलाइन्सको विमानबाट स्वदेश फर्किने कार्यक्रम छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *