सप्तकोशीमा ट्रक खस्यो, तीनजनाको उद्धार

समाचार

सुनसरी, २९ असार । सप्तकोशी नदीमा ट्रक खसेको छ । शुक्रबार बिहान बस ठोक्किँदा सप्तकोशीको पुलबाट मे १ ख ३००७ नम्बरको ट्रक नदीमा खसेको हो ।

 

ट्रक बेपत्ता भएको छ भने ट्रकमा सवार तीनजनाको सकुशल उद्धार गरिएको प्रहरीको भनाइ छ ।

पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक र पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७६५ नम्बरको बस सुनसरीतर्फ कोशी ब्यारेजको पुलमा ठोक्किएको थियो । पुलको बार भत्काएर ट्रक नदीमा खसेको हो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *