सिरहाबाट नक्कली प्रहरी पक्राउ, पेस्तोल देखाइ रकम असुलेको आरोप 

समाचार

 

सिरहा, ८ भदौ । सिरहाको सीमाक्षेत्र आसपासका व्यापारी तथा व्यवसायीसँग आफू नेपाल प्रहरीको सई हुँ भन्दै अवैध रकम असुल्ने नक्कली प्रहरी पक्राउ परेका छन् ।

 

व्यवसायीहरुलाई नक्कली पेस्तोल देखाउँदै आफू नेपाल प्रहरीको सई हु भन्दै रकम असुल्ने लक्ष्मीपुर पतारी–१ का कुमोदकुमार साहलाई नक्कली पेस्तोलसहित नेपाल भारत सीमाक्षेत्र बडियारपट्टी गाउँपालिका ३ बाट सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

 

भारतबाट नेपाल तर्फ आइरहेका लक्ष्मीपुरपतारी–२ का मुकेश यादव र सखुवानन्कारकट्टी गाउँपाालिका–१ का सदन नारायण दासलाई नक्कली पेस्तोल देखाउँदै ‘नेपाल प्रहरीको सई हु’ भन्दै धम्क्याई रहेकोे अवस्थामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएकाके जनाएको छ।

पक्राउ परेका साहलाई आवश्यक कार्वाही तथा अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिरहा पठाएको छ।

 

यता, सीमानाकाहरुमा सादा पेसाकमा व्यापक रुपमा परिचालन गरिएका घुमुवा प्रहरीहरुले पनि खुल्लेआम रुपमा तस्कर तथा स–साना व्यापारीहरुसँग अवैध रकम असुली गर्ने कार्य बढेको  स्थानीहरु गुनासो गर्छन् ।

 

सीमानाकामा शान्ति सुरक्षा तथा चोरी तस्करी नियन्त्रण गर्न खटाइएका प्रहरीहरुकै मिलोमतोमा व्यापक रुपमा चोरी तस्करी हुने गरेको छ ।
 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *