भारतको लोकसभा निर्वाचन: एक्जिट पोलमा मोदीलाई फराकिलो बहुमत !

दिल्ली ,२० जेठ । भारतमा लोकसभाको सात चरणको मतदान आज सकिएसँगै विभिन्न एक्जिट पोलले भारतीय जनता पार्टी नेतृत्वको गठबन्धनले अत्यधिक बहुमत ल्याउने अनुमान गरेका छन् । एक्जिट पोलले बिजेपी नेतृत्वको एनडीए गठबन्धनले करिब ३५० सिट जित्ने अनुमान गरेका छन् । ५४३ सदस्यीय लोकसभामा बहुतका लागि २७२ सिट आवश्यक पर्दछ । २०१९ को लोकसभामा बिजेपीले २९३ सिट […]

पुरा पढ़नुश

केजरीवाल आज पुन: जेल जादै

काठमाडौँ,२० जेठ  । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल आज पुन: जेल जादै छन् । भारतको सर्वोच्च अदालतले दिएको अन्तरिम जमानतको समय आज सकिएसँगै आज उनले सरेन्डर गर्नुपर्ने भएको छ । यस अघि केजरीवालले आफ्नो स्वास्थ्य समस्या देखाउदै आफ्नो अन्तरिम जमानत ७ दिन बढाउन सर्वोच्चमा याचिका दायर गरेपनि सर्वोच्चले सो याचिका अस्वीकार गरेको थियो । केजरीवाल […]

पुरा पढ़नुश

अमेरिकामा राष्ट्रपतिको चुनाव जेलबाट लड्न मिल्छ ?

काठमाडौँ ,२० जेठ । अमेरिकी राजनीतिमा डोनाल्ड ट्रम्प अपराधमा दोषी ठहरिने पहिलो पूर्व वा सेवारत अमेरिकी राष्ट्रपति बनेका छन्। न्यूयोर्कस्थित म्यानहट्टन अदालतले बिहीबार ट्रम्पलाई ३४ अपराधमा दोषी ठहर गरेको छ । अब यसको सजायको सुनुवाई जुलाई ११ मा हुने बताइएको छ । उनीहरुले त्यसको विरुद्धमा पुनरावेदन गर्न पाउने छन् र निर्णय यथावत रहेमा पनि उनीहरुलाई […]

पुरा पढ़नुश

उपचार छोडेर ध्यानमा लागेका गढीमाईका वडाध्यक्ष यादवको निधन

  रौतहट,२० जेठ ।उपचार छोडेर पूजापाठ र ध्यानमा लागेका रौतहटको पूर्वीभेग गढीमाई नगरपालिका-८ का वडाध्यक्ष रामाज्ञाप्रसाद यादवको निधन भएको छ। ५५ वर्षीय अध्यक्ष यादवको उपचारको क्रममा शनिवार राति क्यान्सर अस्पताल भरतपुरमा मृत्यु भएको गढीमाईका मेयर श्यामबाबु यादवले बताएका छन्। मलद्वारमा क्यान्सर रोगले ग्रस्त उनी उपचारको लागि पछिल्लो एक वर्षदेखि भरतपुर अस्पतालमा भर्ना रहेका थिए। लामो […]

पुरा पढ़नुश

टी-२० विश्वकपमा अमेरिकाको विजयी शुरुवात

काठमाडौँ ,२० जेठ । आइसीसी टी-२० विश्वकपको उद्घाटन खेलमा आयोजक अमेरिकाले विजयी शुरुवात गरेको छ । आइतबार बिहान सम्पन्न खेलमा अमेरिकाले क्यानडालाई ७ विकेटले पराजित गरेको हो । क्यानडाले दिएको १९५ रनको लक्ष्य पछाएको अमेरिकाले १७.४ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । अमेरिकाका लागि एरोन जोन्सले अविजित ९४ र आद्रिज गोउसले ६५ […]

पुरा पढ़नुश

ईनर्वा प्रहरीले जेठ २६ मा रक्तदान कार्यक्रम गर्ने।

रसीद आलम,बिरगंज ,२० जेठ । प्रहरी चौकी ईनर्वाले रक्तदान कार्यक्रमको आयोजना गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी चौकी ईनर्वाले आउदो जेठ २६ गते शनिबारका दिन बिहान ७ बजे देखि रक्तदान कार्यक्रम राखिएको चौकीका प्रहरी नायब निरीक्षक तेज प्रताप सिंहले जनाएका छन् । सो रक्तदान कार्यक्रम सफल पार्न स्थानीय बुद्धिजीवी,प्रतिनिधि तथा युवाहरूसंग छलफल र […]

पुरा पढ़नुश

सेनाद्वारा बृहत निशुल्क स्वास्थ्य : शिविरमा तीन हजार बिरामीको उपचार गर्ने लक्ष्य

  रौतहट ,१९ जेठ ।तीन हजार बिरामीको लक्ष्यसहित रौतहटको गढीमाई नगरपालिकास्थित नेपाली सेनाले बृहत निःशुल्क स्वास्थ शिविर सञ्चालन गरेको छ। नेपाली सेना मध्यपूर्वि पृतनाको मार्ग निर्देशन, २८ नम्बर बाहिनी अड्डाको पहल,  वीरदल गण र गढिमाई नगरपालिकाको सहकार्यमा वडा नम्बर १ समनपुररको शंकर गुदर माविको प्राङ्गणमा बृहत् निःशुल्क स्वास्थ शिविर सञ्चालन गरिएको हो। सरोकारवाला निकायहरूको सहभागितामा […]

पुरा पढ़नुश

अवैध लागूऔषधसहित प्रहरी चौकी ईनर्वा लगायत विभिन्न स्थानबाट १६ जना पक्राउ

बिरगंज ,१९ जेठ । नेपाल प्रहरीले अवैध लागूऔषध सहित प्रहरी चौकी इनर्वा लगायत देशका विभिन्न स्थानबाट १६ जनालाई पक्राउ गरेको छ। पर्साको वीरगंज महानगरपालिका-१६ स्थित सडकबाट नियन्त्रित लागूऔषध डाईजेपाम ५२ एम्पुल, फेनारगन ५२ एम्पुल, नुर्फिन ५२ एम्पुल र नाईट्राभेट ९ सय ट्याब्लेटसहित सर्लाही लालबन्दी नगरपालिका-१ नवलपुर बस्ने २८ वर्षीय सुरज बिकलाई शनिबार बिहान प्रहरीले पक्राउ […]

पुरा पढ़नुश

प्रहरीका चार एसपीलाई एसएसपीमा बढुवा सिफारिस

काठमाडौँ,१९ जेठ  । नेपाल प्रहरीका चार जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गर्न सिफारिस गरेको छ । शुक्रबार बसेको बढुवा समितिको बैठकले चार जना एसपीहरूलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो । एसएसपी बढुवा सिफारिसमा गण्डकी प्रदेश गण पोखरामा कार्यरत एसपी श्यामकृष्ण अधिकारी, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत रविन्द्र […]

पुरा पढ़नुश

शल्यक्रिया गर्न पालो कुर्नुपर्ने समस्या अन्त्य गर्न उच्चस्तरीय अध्ययन समिति गठन

काठमाडौं,१९ जेठ  । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले सरकारी स्वास्थ्य संस्थामा उपचार तथा शल्यक्रियाका लागि लामो समयसम्म पालो पर्खनुपर्ने अवस्था अन्त्य गर्न अध्ययन गरी प्रतिवेदन पेस गर्न उच्चस्तरीय समिति गठन गरेका छन् । स्वास्थ मन्त्रालयले शुक्रबार मन्त्रिस्तरीय निर्णयबाट अतिरिक्त स्वास्थ्य सचिव डा. दीपेन्द्ररमण सिंहको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको जानकारी दिएको हो । […]

पुरा पढ़नुश