रसीद आलम,बिरगंज ,२० जेठ ।
प्रहरी चौकी ईनर्वाले रक्तदान कार्यक्रमको आयोजना गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी चौकी ईनर्वाले आउदो जेठ २६ गते शनिबारका दिन बिहान ७ बजे देखि रक्तदान कार्यक्रम राखिएको चौकीका प्रहरी नायब निरीक्षक तेज प्रताप सिंहले जनाएका छन् ।
सो रक्तदान कार्यक्रम सफल पार्न स्थानीय बुद्धिजीवी,प्रतिनिधि तथा युवाहरूसंग छलफल र सहकार्य गरिएको प्रहरी नायब निरीक्षक सिंहले बताए।
छलफलमा कार्यक्रम शंकराचार्या गेट अगाडि गर्ने तय भएको छ।
छलफलमा बिरगंज महानगरपालिका वार्ड नम्बर २ का वडा अध्यक्ष महम्द रेयाज आलम,वार्ड नम्बर १९ का वडा अध्यक्ष प्रशुराम चौरसिया, सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाका अध्यक्ष हाजी ग्यासुदिन ठकुराई लगायत स्थानीयहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
बल्ड बैंकमा रगतको अभावका कारण बिरामीहरु मारमा परेकाले रक्तदान गर्नु आवश्यक देखिएको बिरगंज २ का वडा अध्यक्ष रेयाज आलमले बताए।
“रक्तदान गर्नु जिवनदान गर्नु हो” त्यसैले भब्य रूपमा रगत दिई रक्तदान गर्न वार्ड नम्बर १९ का वडा अध्यक्ष प्रशुराम चौरसियाले आग्रह गरेका छन् ।
