भक्तपुरको ताथलीमा आगलागी

भक्तपुर, १० चैत । भक्तपुरको ताथलीको एउटा टहरामा शुक्रबार आगलागी भएको छ । भक्तपुरको चाँंगुनारायण नगरपालिका तालथीमा आगलागी भएको हो । आगलागीबाट टहरामा रहेको धनमालहरु नष्ट भएका छन् । जुद्ध वारुण यन्त्रको सहायताले आगो नियन्त्रणमा लिइएको छ । स्थानीयका अनुसार आगलागीबाट मानवीय क्षति भने हुन पाएन । घटनास्थल भक्तपुरको च्याम्हासिंहबाट झण्डै तीन चार किलोमिटर पूर्वमा पर्छ […]

पुरा पढ़नुश

मुस्लिम समुदायको रमजान पर्व सुरू

काठमाडौं, १० चैत । इस्लाम धर्मावलम्बीहरूले एक महिनासम्म मनाउने रमजान पर्व शुक्रबारबाट सुरु भएको छ । हिजरी संवतको नवौं महिनामा सुरु भएर एक महिनासम्म चल्ने रमजानभर इस्लाम धर्मावलम्बीहरुले सूर्याेदयदेखि सूर्यास्तसम्म पानी पनि नपिई व्रत बस्ने गरिन्छ । कठोर व्रतको रुपमा रहेको रोजा बस्दा अल्लाहको कृतज्ञता प्राप्त हुने धार्मिक विश्वास छ ।

पुरा पढ़नुश

नेपाल प्रहरीको महानिरीक्षकमा वसन्तबहादुर कुँवर नियुक्त

काठमाडौं, १० चैत । नेपाल प्रहरीको महानिरीक्षकमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वसन्तबहादुर कुँवरलाई नियुक्त गरिएको छ ।   शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो । बढुवा सिफारिसको १ नम्बरमा रहेका कुँवरलाई सरकारले महानिरीक्षकमा बढुवा गरेको हो ।   उनीसँगै एआईजी टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य महानिरीक्षक […]

पुरा पढ़नुश

काठमाडौँको भृकुटी मण्डपमा नेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु।

काठमाडौँ, चैत १०। नेपाल फाइभ पी प्रदर्शनी आजदेखि सुरु भएको छ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले, मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा.लिको संयुक्त आयोजनामा शुक्रबारदेखि सुरु भएको तेस्रो नेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन गरेका हुन्। काठमाडौँको भृकुटी मण्डपमा सुरु भएको प्रदर्शनीमा नेपालभरका प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ् र प्रोसेसिङसंग सरोकार […]

पुरा पढ़नुश

एनआईसी एसिया बैंकको कार्डसम्बन्धी सेवा दुईदिन बन्द

काठमाडौं, १० चैत । एनआईसी एसिया बैैंकको कार्डसम्बन्धी सम्पूर्ण सेवा दुईदिन अवरुद्ध हुने भएको छ । बैंकले सूचना प्रकाशित गर्दै यस बैंकको कार्ड सेवा डेबिट–क्रेडिट र प्रिपेडको स्विच अपग्रेशन माइग्रेशन गर्नुपर्ने भएकोले शुक्रबार राति १२ बजेदेखि आइतबार राती १२ बजेसम्म कार्डबाट हुने सम्पूर्ण कारोबार तथा एटीएम–पीओएस मेसिनबाट हुने कारोबार अवरुद्ध हुने जनाएको छ । बैंकका अनुसार […]

पुरा पढ़नुश

जुम्लामा आइतबार सार्वजनिक बिदा

काठमाडौं, १० चैत । कर्णाली प्रदेश सरकारले आइतबार जुम्लामा सार्वजनिक बिदा दिएको छ ।   राष्ट्रिय धान दिवस मनाइने भएकाले जुम्लामा आइतबार सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले जानकारी दिए । उनकाअनुसार १२ चैत आइतबार जुम्लामा राष्ट्रिय धान दिवस मनाइने भएकाले जिल्लाका सबै सरकारी तथा सार्वजनिक संघ संस्थामा सार्वजनिक बिदा दिइएको […]

पुरा पढ़नुश

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

चितवन, १० चैत । भरतपुर महानगरपालिका-९ केन्द्रीय बसपार्क नजिकै सोही ठाउँ बस्ने ३५ वर्षीय शिव गैह्रेको रोयल किचन एण्ड स्नोकर हाउसमा जुवातास खेलिरहेको अवस्थामा गैह्रे समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवन र प्रहरी चौकी नारायणगढ बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार २ सय ५० […]

पुरा पढ़नुश

ईंटा उद्योगको पर्खालले किचेर मजदुरको मृत्यु, दुई जना घाइते

  सिरहा, १० चैत। सिरहामा ईंटा उद्योगको पर्खाल भत्किएर किच्दा एकजना मजदुरको मृत्यु भएको छ भने दुईजना मजदुर घाइते भएका छन्। शुक्रबार गोलबजार ८ मा रहेको सगुन ईंटा उद्योको पर्खालले किच्दा भारतको पूर्वी बङ्गालका मजदुर महिमा बीबीकाे मृत्यु भएको हो । ईटाभट्टाबाट पोलेको ईंटा निकाल्ने क्रममा भट्टीको पर्खाल भत्किएर किच्दा घाइते भएका महिमाको उपचारको लागि लहान लाने […]

पुरा पढ़नुश

१० वर्षमा नेपालको जनसंख्या २६ लाख ७० हजारले बढ्यो

काठमाडौं, १० चैत । पछिल्लो १० वर्षमा नेपालको जनसंख्या २६ लाख ७० हजार ७ जना बढेका छन् ।   शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गरेको १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरणअनुसार १० वर्षमा उक्त संख्यामा नेपालको जनसंख्या वृद्धि भएको हो । २०६८ सालमा गरिएको गणनाअनुसार २ करोड ६४ लाख ९४ हजार ५०७ […]

पुरा पढ़नुश

प्रहरीको लाठी प्रहारबाट घाइते भएका पदम लिम्बूको मृत्यु

विराटनगर, १० चैत । प्रदेश १ को पुनः नामाकरणको माग राखेर भएको आन्दोलनका क्रममा प्रहरीको लाठी प्रहारबाट घाइते भएका मोरङको बेलबारी नगरपालिका–२ का पदम लिम्बूको मृत्यु भएको छ । प्रदेश १ लाई कोशी प्रदेश नामाकरण गरिएपछि ५ चैतमा भएको आन्दोलनमा क्रममा प्रहरीको लाठी प्रहारबाट घाइते भएका उनको शुक्रबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका […]

पुरा पढ़नुश