राष्ट्रपति निर्वाचनको तयारी पूरा

काठमाडौं, २४ फागुन । बिहीबार हुने राष्ट्रपति निर्वाचनको तयारी पूरा भएको छ । निर्वाचन आयोगका अनुसार बिहीबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म हुने राष्ट्रपति पदको निर्वाचनको तयारी पूरा भएको हो । नयाँबानेश्वरस्थित संघीय संसद भवन परिसरमा दुई वटा मतदान केन्द्र बनाइएको छ । राष्ट्रपति पदको निर्वाचनमा संघीय संसदका सदस्य र प्रदेशसभा सदस्य मतदाता रहने […]

पुरा पढ़नुश

अभिनेत्री सुरक्षा पन्त र मानव सुवेदीबीच इन्गेजमेन्ट

काठमाडौं, २४ फागुन ।  अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदीबीच इन्गेजमेन्ट भएको छ । बिहीबार विवाह गर्ने तयारी गरेका उनीहरुले बुधबार इन्गेजमेन्टको भएको तस्बिर सार्वजनिक गर्दै आशिर्वाद मागेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत बुधबार तस्बिर सार्वजनिक गर्दै अभिनेत्री सुरक्षाले लेखेकी छन्, ‘आजबाट नयाँ अध्याय सुरु हुँदै छ । हामी धेरै खुसी छौँ ।  आशिर्वाद […]

पुरा पढ़नुश

मोटरसाइकल र स्कुटर ठोक्किँदा हेटौंडामा दुई जनाको मृत्यु, दुई घाइते

  हेटौंडा, २४ फागुन हेटौंडामा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१७ हटियाको कठायत चोकमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो । दुर्घटनामा थप दुईजना घाइते भएका छन् । हेटौंडा बजारबाट ठूलदमार जाँदै गरेको बा६४प ६६६४ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आएको बा प्र ०३-०५ प ७११ नम्बरको […]

पुरा पढ़नुश

महिला बिमान चालकलाई एमाले अध्यक्ष ओलीको बधाई

  काठमाडौं, २४ फागुन नेपाल वायुसेवा निगमको जहाज उडाउने महिला चालक दलका सदस्यहरूप्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बधाई ज्ञापन गरेका छन् । दुबईबाट उडान भरेर सफलतापूर्वक काठमाडौंमा अवतरण गराएकोमा पाइलट भावना पन्त नेतृत्वको टोलीलाई ओलीले बधाई दिएका हुन् । ओलीले ट्विट गर्दै लेखेका छन्, ‘अघि बढ्दैछन् नेपाली महिला! आज अन्तर्राष्ट्रिय महिला दिवस पनि […]

पुरा पढ़नुश

राप्रपाले राष्ट्रपति चुनावमा भाग नलिने

  काठमाडौं, २४ फागुन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ । आज बसेको कार्य सम्पादन समितिको बैठकले भोलि हुने राष्ट्रपति चुनावमा भाग नलिएर तटस्थ बस्ने निर्णय गरेको बैठकपछि राप्रपाका नेता ज्ञानेन्द्र शाहीले जानकारी दिए । आफूहरूको सिद्धान्त राजसंस्था भएकाले राष्ट्रपतिको निर्वाचनमा भाग नलिने निर्णय गरिएको उनले बताए । भोलि राष्ट्रपतिका […]

पुरा पढ़नुश

धनगढीमा एक किशोरीमाथि सामूहिक बलात्कार

  धनगढी, २४ फागुन कैलालीको धनगढीबाट एक किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई किशोर पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर १० जुगेडाकी एक १३ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा १६ र १७ वर्षका दुई किशोर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घटना गएको १७ गते रातिको भएपनि प्रहरीमा ढिलोगरि उजुरी […]

पुरा पढ़नुश

नेपाली महिलाका लागि राष्ट्रपति भण्डारीको भूमिका गर्व गर्न लायक : केपी ओली

काठमाडौं, २४ फागुन । एमाले अध्यक्ष केपी शर्मा ओलीले देश र नेपाली महिलाका लागि राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका गर्व गर्न लायक रहेको बताएका छन् । ११३औँ अन्तर्राष्ट्रिय महिला महिला दिवसको अवसर बुधबार च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रपतिको रुपमा भण्डारीले निर्वाह गरेको भूमिका देश र नेपाली महिलाले गर्व गर्न लायक रहेको बताएका […]

पुरा पढ़नुश

महेश बस्नेतलाई भेट्न बालेन साह गुन्डु पुगे

भक्तपुर, २४ फागुन । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतसँग भेटघाट गरेका छन् । बुधबारसूर्यविनायक नगरपालिका–७ गुन्डु स्थित नेता बस्नेतको निवासमा साह पुगेका हुन् । साह र बस्नेतबीचको छलफल काठमाडौँ र भक्तपुरको विकास र देखिएका समस्या समाधानमा केन्द्रित रहेको थियो । मेयर साहले केही स्थानीय विकास तथा पुनर्निर्माण गरिएका अनन्तलिङ्गेश्वर मन्दिर, […]

पुरा पढ़नुश

सातै प्रदेशमा स्तन र पाठेघर क्यान्सरको निशुल्क उपचारको व्यवस्था मिलाइनेछ : प्रधानमन्त्री

काठमाडौं, २४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा निशुल्क सेवा विस्तार गरिने बताएका छन् । ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त घोषणा गरेका हुन् । ‘सातवटै प्रदेशमा निसन्तान उपचार सेवा, वडास्तरमा नवजात शिशु स्याहार […]

पुरा पढ़नुश

आगलागीमा परेर रौतहटमा ६ महिने शिशुको ज्यान गयो

रौतहट, २४ फागुन ।  रौतहटको राजदेवी नगरपालिकामा भएको आगलागीमा पारेर ६ महिने शिशुको ज्यान गएको छ । मंगलबार साँझ राजदेवी नगरपालिका ४ वसन्तपुर गडहियाका भिखर राउतको घरमा  भएको आगलागीमा परेर ६ महिने बालिकाको ज्यान गएको हो ।  छिमेका दुईसहित तीन वटा घर गोठ जलेर नष्ट भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अचानक भएको आगलागीमा […]

पुरा पढ़नुश