टिओआर टुंगाउन शिर्ष नेताहरुसहितको बैठक बस्दै

काठमाडौं ,१३ जेठ । सहकारी ठगि प्रकरणको छानबिन गर्न गठन गरिने संसदीय समितिको कार्यादेश (टिओआर) टुंगो लगाउन शिर्ष नेताहरुसहितको बैठक आज बस्दै छ ।बैठक बिहान ९ बजे बालुवाटारमा बस्ने बताइएको छ । यसअघि शनिबार कार्यदलको बैठक र त्यसपछि शिर्ष नेताहरुको बैठक बसेपनि सहमति हुन सकेको थिएन । कार्यदलका सदस्य जीवन परियारका अनुसार शनिबार दिउँसो कार्यदलको […]

पुरा पढ़नुश

कार्यदलको बैठक आजपनि बस्दै

काठमाडौं ,११ जेठ । सहकारी ठगि प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक आज पनि बस्दै छ । बैठक आज सिंहदरवारस्थित कानून मन्त्रालयमा ९ बजे बस्ने बताइएको छ । यस अघि विहिबार बसेको कार्यदलको बैठक सकारात्मक भएको बताइए पनि निष्कर्षमा पुग्न भने सकेको थिएन । सत्ता पक्षले आज सहमति […]

पुरा पढ़नुश

बेलायतमा जुलाई ४ मा आम निर्वाचनको घोषणा

काठमाडौँ,१० जेठ  । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले देशमा आमनिर्वाचन हुने घोषणा गरेका छन् । बुधबार प्रधानमन्त्री सुनकले संसद भंग गर्ने सिफारिस राजाले स्वीकृत गरेको बताउदै आगामी जुलाई ४ मा आमनिर्वाचनको घोषणा गरेका हुन् । अब अर्को साता संसद विघटन हुँदैछ र त्यसपछि निर्वाचन प्रक्रिया सुरु हुने बेलायती मिडियाले उल्लेख गरेका छन् । बेलायतको सत्तारुढ कन्जरभेटिभ […]

पुरा पढ़नुश

भोजपुरी गायक पवन सिंह भाजपाबाट निष्काशित

काठमाडौँ,९ जेठ  । भारतीय जनता पार्टी (भाजपा) ले भोजपुरी गायक पवन सिंहलाई पार्टीबाट निष्कासन गरेको छ । लोकसभा चुनावको उम्मेदवारको पहिलो सूचीमा भाजपाले पश्चिम बंगालको आसनसोल सिटबाट पवन सिंहलाई टिकट दिएको थियो। यद्यपि, उनी आफ्ना गीतहरूमा बंगाली महिलाहरूको आपत्तिजनक चित्रणले घेरिएका थिए र त्यसपछि पवन सिंहले चुनाव नलड्ने घोषणा गरे । त्यसपछि पवन सिंहले बिहारको […]

पुरा पढ़नुश

विश्वासको मत लिदा सत्ता पक्षका तीन सांसद अनुपस्थित

काठमाडौं ,८ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिदा सत्ता पक्षका तीन सांसद अनुपस्थित देखिएका छन् । मतदान प्रक्रियामा १५८ सांसदले भाग लिएकोमा विश्वासको मतको पक्षमा १५७ मत पाएका थिए भने विपक्षमा शून्य र तटस्थमा एक मत परेको थियो । प्रधानमन्त्रीले विश्वासको मत लिने दिनको संसद् बैठकमा सत्तारुढ दलका तीन जना सांसद अनुपस्थित […]

पुरा पढ़नुश

गगन थापालाई गिरफ्तार नगरे गृहमन्त्री लामिछाने देशद्रोहीको मतियार ठहरिन्छन्- भीम रावल

काठमाडौं ,८ जेठ । नेकपा एमालेका नेता एवं पूर्व गृहमन्त्री डा. भीम रावलले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई राज्यका सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरिनुपर्ने बताएका छन् । सोमबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संसदमा सम्बोधन गर्ने क्रममा महामन्त्री थापाले देशका गोप्य सूचना विदेशीलाई बेचेको आरोप लगाएका थिए । उक्त अभिव्यक्तिमा केन्द्रीत भएर नेता रावलले […]

पुरा पढ़नुश

गृहमन्त्री लामिछाने भन्छन्- कसैलाई आरोप लगाएको छैन, समाचार सदनमा पढेर सुनाएको हुँ

काठमाडौँ ,८ जेठ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफुले कसैलाई आरोप नलगाएर मिडियामा आएका कुरा मात्र भनेको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै लामिछानेले मिडियामा आएका समाचार संसदमा पढेर सुनाएको उल्लेख गर्दै आफुले कसैलाई आरोप नलगाएको बताएका हुन् । उनले भनेका छन- शैली त मेरो त्यस्तै उस्तै हो। भनेको चाहिँ के भने, १) मैले […]

पुरा पढ़नुश

गगनमाथि लगाएको आरोपको प्रमाणको भार स्वयं आरोप लगाउनेले पूरा गर्नुपर्छ- नेतृ झाँक्री

काठमाडौं,८ जेठ  । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाक्रीले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापामाथि लगाइएको आरोप प्रमाणको भार आरोप लगाउनेले नै पूरा गर्नुपर्ने बताएकी छन् । आइतबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कांग्रेस महामन्त्री थापाले देशको गोप्य सूचना विदेशीलाई बेचेको र कृषि अनुदान लिएर हिनामिना गरेको आरोप लगाएपछि झाँकीको यस्तो […]

पुरा पढ़नुश

बालेन भन्छन्- बुझेर कदम चाल्नुहोला,महानगरका कर्मचारीको अनाहकमा अपमान सहदैनौं

काठमाडौँ ,७ जेठ । पक्राउ गरिएका काठमाडौँ महानगरको फोहोरको गाडी चलाउने चार चालकलाई छोडिएको छ । महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले चालकलाई छोडिएको जानकारी दिदै आफ्नो कर्तव्य निभाई रहेका महानगरका कर्मचारीको अपमान नसहने बताएका छन् । बुझेर कदम चाल्न चेतावनी दिदै बालेनले पदमा तलमाथि र  भूमिकामा तलमाथि भएपनि महानगरका कर्मचारीको आत्मसम्मानमा सम्बेदनशील रहेको बताएका […]

पुरा पढ़नुश

उपेन्द्रले सभामुखलाई दिए नयाँ दल बनाएका सात सांसदलाई कारवाही गरेको जानकारी

काठमाडौँ,७ जेठ  । जसपा नेपालले नयाँ दल जसपा बनाएका ७ सांसदलाई कारवाही गरेको जानकारी सभामुखलाई दिएको छ । जसपा नेपालका अध्यक्ष एवं संसदीय दलका नेता उपेन्द्र यादवले सभामुखलाई पत्र लेख्दै अशोक राई, नवल किशोर शाह सुडी, रन्जु कुमारी झा, विरेन्द्र प्रसाद महतो, प्रदीप यादव हसीना खान र सुशिला श्रेष्ठलाई कारवाही गरेको जानकारी दिएका हुन् । […]

पुरा पढ़नुश