कांग्रेससँग राष्ट्रपति र उपराष्ट्रपतिका विषयमा सहमति भएको छैन : प्रधानमन्त्री

काठमाडौं, २६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँग शक्ति बाँडफाँटको विषयमा कुनै सहमति नभएको प्रतिक्रिया दिएका छन् । मंगलबार बसेको प्रतिनिधिसभामार्फत् विश्वासको मत प्राप्त गरेर बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग राष्ट्रपति, उपराष्ट्रपतिका विषयमा सहमति नभएको बताएका हुन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न सोमबार साँझ प्रधानमन्त्री प्रचण्ड धुम्बाराही पुगेका थिए […]

पुरा पढ़नुश

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त।

काठमाडौं, २६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा उनलाई विश्वासको मत प्राप्त भएको हो । प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा २६८ मत परेको र विपक्षमा २ मत परेको सभामुखको भूमिका निर्वाह गरेका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले जानकारी दिए । योसँगै प्रधानमन्त्री प्रचण्डले […]

पुरा पढ़नुश

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मागे संसदमा विश्वासको मत ।

काठमाडौं, २६ पुस प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज आफ्नो नेतृत्वको सरकारलाई समर्थन गर्न विश्वासको मत मागेका छन् । आज बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने क्रममा उनले मत मागेका हुन् । (यस्तो छ प्रचण्डले संसदमा राखेको मन्तव्य) सम्माननीय सभामुख महोदय, नवनिर्वाचित प्रतिनिधि–सभाको यो गरिमामय अधिवेशनमा म सार्वभौम संसदका सबै माननीय सदस्यहरूलाई हार्दिक अभिवादन र सफल कार्यकालको […]

पुरा पढ़नुश

कांग्रेस सरकारमा सहभागी हुँदैन, बलियो प्रतिपक्षी बन्छ : देउवा

काठमाडौं, २६ पुस । नेपाली कांग्रेसका सभापति तथा दलका नेता शेरबहादुर देउवाले कांग्रेस संसदमा प्रतिपक्षमा रहने जानकारी गराएका छन् । प्रतिनिधिसभाको मंगलबारकाे बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावमाथि धारणा राख्दै सभापति कोइरालाले बलियो प्रतिपक्षबिना सरकारले काम गर्न नसक्ने भएकाले कांग्रेस प्रतिपक्षमै रहने जानकारी गराएका हुन् । बहुदलीय व्यवस्था तथा संसदीय […]

पुरा पढ़नुश

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने लोसपाको निर्णय।

काठमाडौं, २६ पुस । लोकतान्त्रिक समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । मंगलबार बसेको लोसपा संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको सो पार्टीका नेता केशव झाले जानकारी दिए । सरकारलाई विश्वासको मत दिए पनि सरकारमा सहभागी हुुने या नहुने विषयमा कुनै निर्णय नभएको उनले बताए […]

पुरा पढ़नुश

प्रतिनिधिसभा बैठक सर्‍यो।

काठमाडौं, २६ पुस । प्रतिनिधिसभाको बैठक सरेको छ । मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजे बस्ने गरी सरेको संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिए । उनका अनुसार विशेष कारण मंगलबार बिहान ११ बजेका लागि डाकिएको बैठक दिउँसो १ बजेका लागि सार्नुपरेको हो ।

पुरा पढ़नुश

गोरखा नगरपालिकाको नाम परिवर्तन गरी पृथ्वीनारायण राखौं : राप्रपा प्रवक्ता श्रेष्ठ।

काठमाडौं, २६ पुस ।  राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले गोरखा नगरपालिकाको नाम परिवर्तन गरी पृथ्वीनारायण राख्ने सार्वजनिक रुपमा प्रस्ताव गरेका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत उनले गोरखा जिल्लाको गोरखा नगरपालिकाको नाम परिवर्तन गरी पृथ्वीनारायण राख्न प्रस्ताव गरेका हुन् । ३०१औं पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा उनले गोरखा नगरपालिकाको नाम परिवर्तन गर्न प्रस्ताव गरेका हुन् […]

पुरा पढ़नुश

गण्डकीका मुख्यमन्त्री अधिकारीले लिए शपथ।

पोखरा, २५ पुस गण्डकीका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आजै अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । अधिकारीलाई ३३ सांसदको समर्थन छ । मुख्यमन्त्री अधिकारीले आजै ३ मन्त्रीलाई नियुक्त गरेका छन् । माओवादीका हरिबहादुर चुमान, एमालेकी सीताकुमारी सुन्दास र राप्रपाका पञ्चराम गुरुङले पनि शपथ लिएका छन् । […]

पुरा पढ़नुश

फेरि प्रचण्ड र ओलीबीच विग्रहको बिजारोपण देखेँ : गगन थापा।

काठमाडौं, २५ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले सत्ता साझेदार प्रमुख दलका शीर्ष नेताबीच विग्रहको बिजारोपण देखेको बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा महामन्त्री थापाले बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच विग्रहको संकेत देखेको बताएका हुन् । बैठकलाई सम्बोधन […]

पुरा पढ़नुश

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता।

  काठमाडौं, २५ पुस प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् । उनीहरूबीच धुम्बाराहीमा भेटवार्ता भएको देउवाको सचिवालयले जानकारी दिएको छ । मंगलबार प्रतिनिधि सभा सदस्यको बैठकमा विश्वासको मत लिनुअघि प्रधानमन्त्री प्रचण्डले देउवालाई भेटेका हुन् ।

पुरा पढ़नुश