सरकारी नम्बर प्लेट टाँसेर निजी गाडीमा गाँजा ओसारपसार, धरानबाट ६९० किलो गाँजा बरामद

सुनसरी ,१९ मंसिर ।धरान उपमहानगरपालिका-१३ अमरहाटबाट प्रहरीले करिब ६९० किलो गाँजा बरामद गरेको छ। प्रहरीले गाँजा बोकेका दुई वटा सरकारी गाडीसहित एक जनालाई मंगलबार बेलुकी पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बा१झ ४६०५ नम्बरको स्कार्पियोबाट ३३० किलो र बा१झ ५१२७ नम्बरको गाडीबाट ३६० किलो गाँजा बरामद गरेको हो। प्रहरीले बा१झ ४६०५ नम्बरको स्कार्पियो […]

पुरा पढ़नुश

दक्षिण कोरियाली संकट: राष्ट्रपतिले राजिनामा नदिए देशभर हडताल

सियोल,१९ मंसिर। दक्षिण कोरियाको सबैभन्दा ठूलो ट्रेड युनियन संगठनले राष्ट्रपति युन सुक एलको राजिनामा माग गर्दै हडताल आब्हान गरेको छ। १० लाख भन्दा बढी सदस्य भएको ट्रेड युनियनले युनले राजीनामा नगरेसम्म हडतालको आह्वान गरेको हो । दक्षिण कोरियाको सबैभन्दा ठूलो श्रम युनियनहरू मध्ये एक – कोरियन कन्फेडेरेसन अफ ट्रेड युनियनले आफ्ना सदस्यहरूलाई राष्ट्रपति युन सुक […]

पुरा पढ़नुश

प्रधानमन्त्री ओलीले आज पेकिङ बिश्वबिधालयमा सम्बोधन गर्ने

काठमाडौं, १९ मंसीर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्दैछन् ।   गत सोमवार चीनको चार दिने भ्रमणमा निस्केका प्रधानमन्त्री ओलीले आफनो भ्रमणको तेस्रो दिन पेकिङ विश्वबिधालयमा सम्बोधन गर्न लागेका हुन् ।   आज उनले नेपाल–चीन बिजनेस फोरमले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्नेछन भने अन्तिम बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री […]

पुरा पढ़नुश

एनपीएलको दोस्रो खेलः बिराटनगर र लुम्बनी बिच प्रतिस्पर्धा हुने

काठमाडौ ,मंसिर १९ । आज नेपाल प्रिमियर लिग (एनपीएल) को छैटौं र सातौं खेल हुदैँछ ।   आजको दोस्रो खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्सको बिचमा प्रतिस्पर्धा हुदैँछ ।   त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित खेल मैदानमा दुवै टोली पहिलो पटक आमुने सामुने हुदैँछन् । सो खेल अपरान्ह १ः१५ बजेवाट सुरू हुनेछ ।   जनकपुर बोल्टस र […]

पुरा पढ़नुश

संङघीय संसदका दुइ समितिको बैठक बस्दै

काठमाडौं, १९ मंसीर । संघीय संसद अन्तर्गतका दुइवटा समितिको बैठक बस्दैछ ।   जसअनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्नेछन् ।   शिक्षा समितिमा विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा छलफल हुनेछ भने बिधायन समितिमा राष्‍ट्रिय निकुञ्‍जहरुको अवलोकन सम्बन्धमा छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ […]

पुरा पढ़नुश

एप्पलमाथि आफ्ना कर्मचारीको जासुसी गरेको आरोप, कर्मचारीले नै हाले मुद्दा

क्यार्लिफोनिया, १९ मंसीर । टेक कम्पनी एप्पल माथी आफ्ना यन्त्र र आईक्लाउड खाताहरूमार्फत आफ्ना कर्मचारी माथी गैरकानूनी रूपमा जासुसी गरेको आरोप लागेको छ।   कम्पनीको डिजिटल विज्ञापन विभागमा कार्यरत कर्मचारी अमर भक्तले क्यालिफोर्नियामा मुद्दा दायर गर्दै यस्तो आरोप लगाएका हुन् ।   अमरले दाबी गरेका छन् कि एप्पलले कर्मचारीहरूलाई उनीहरूको रोजगारीको शर्तको रूपमा गोपनीयताको अधिकार […]

पुरा पढ़नुश

ताजमहललाइ बमले उडाउने धम्की, बढाइयाे सुरक्षा

नयाँदिल्ली, १६ मंसिर । विश्वको सबैभन्दा सुन्दर भवन ताजमहलमा मंगलबार बम पड्काउने धम्की आएको छ ।   यो धम्कीपूर्ण मेल पर्यटन विभागलाई पठाइएको छ। यो धम्की पाएपछि ताजमहल वरपर सुरक्षा बढाइएको छ । अर्कोतर्फ, ताजमहल भित्र छानबिन भइरहेको छ र ताज सुरक्षा पुलिस पनि मेल पठाउनेको खोजीमा जुटेको छ।   थप बिवरण अाउन बाँकी छ।

पुरा पढ़नुश

चीनिया राष्ट्रपतिकाे घोषणा: नेपाललाई ९ अर्ब अनुदान

काठमाडौं, १८ मंसीर। चीनका  राष्ट्रपति सि चिनपिङले नेपाललाई ५०० मिलियन अारएमबी अर्थात करिब ९ अर्ब रूपैयाँ अनुदान सहयोग गर्ने घोषणा गरेका छन् ।   प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्तामा सो अनुदान घोषणा भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।   चार दिने चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीसँग आज भेटघाट तथा छलफल […]

पुरा पढ़नुश

किर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेड मास्टर पक्राउ

रौतहट, १८ मंसिर। रौतहट स्थित किर्ते कागजात पेश गरी बैंक खाता बाट लाखौँ रुपैयाँ निकासा गराई हिनामिना गरेको आरोपमा एक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन्।   पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका अन्तर्गत श्रीआधुनिक प्राथमिक विद्यालय राजपैडाका प्रधानाध्यापक किशोरी चौधरी रहेका छन्। निज माथी लिखत सम्बन्धी कसूर अन्तर्गत  रौतहट जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी […]

पुरा पढ़नुश

बारा प्रहरीले ६१ लाख बराबरको अवैध सामान नियन्त्रणमा लियो

रसीद आलम ,बारा, १८ मंसिर – जिल्ला प्रहरी कार्यालय बाराले ६१ लाख १३ हजार ८ सय ५५ रुपैयाँ बराबरको अवैध सामान नियन्त्रणमा लिई राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ। प्रहरीका अनुसार विभिन्न प्रहरी इकाइबाट खटिएका टोलीहरूले चेकजाँचका क्रममा बिल भरपाईभन्दा बढी, स्रोत खुलाउन नसकेका र आवश्यक कागजात नभएका सामानसहितका ट्रकहरू नियन्त्रणमा लिएका हुन्। ईलाका प्रहरी […]

पुरा पढ़नुश