पूर्णबहादुर खड्का कार्यबाहक प्रधानमन्त्री

काठमाडौं, १८ जेठ । उपप्रधानमन्त्री एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चारदिने भारत भ्रमणका लागि बुधबार त्यसतर्फ प्रस्थान गरेका उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री खड्काले सम्हाल्ने गरी कार्यबाहक तोकिएको हो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले खड्कालाई कार्यबाहक प्रधानमन्त्री तोकेका हुन् ।

पुरा पढ़नुश

नागरिकता विधेकय प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक : लोसपा

काठमाडौं, १८ जेठ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक भएको जनाएको छ । बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले उक्त विधेयक प्रमाणीकरण गरेपछि लोसपा अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ति जारी गरेर नागरिकता विधेकय प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । प्रेस विज्ञप्ति प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट […]

पुरा पढ़नुश

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीसँग भेटवार्ता हुदै, यस्तो छ सेडुअल

नयाँदिल्ली, १८ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज भारतीय प्रधानमन्त्री मोदी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन् ।   भारतको चार दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले नयाँदिल्लीस्थित हैदारावाद हाउसमा भारतीय प्रधानमन्त्री मोदीसँग सो भेटवार्ता गर्न लागेका हुन ।   प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्ड बिहीवार बिहान साढे दश बजे शान्तिको दुत महात्मा गान्धीको समाधिस्थल राजघाट […]

पुरा पढ़नुश

राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण,नागरिकता विधेयक प्रमाणीकरण क्रान्तिकारी कदम : प्रधानमन्त्री

काठमाडौं, १७ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले विवादास्पद नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई प्रमाणीकरण गरेका हुन् । बुधबार राष्ट्रपति पौडेलले सो विधेयक पारित गरेका हुन् । अघिल्लो प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई प्रमाणीकरणका लागि पठाइएको उक्त नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी थिइनन् ।   तर, नयाँ जनादेश आएर प्रतिनिधिसभा रहेका […]

पुरा पढ़नुश

प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान

काठमाडौं, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार दिउँसो भारत प्रस्थान गरेका छन् । चारदिने भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसहित उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ । चारदिने भ्रमण पूरा गरी प्रधानमन्त्री प्रचण्ड आउँदो शनिबार स्वदेश फर्किने कार्यक्रम छ ।

पुरा पढ़नुश

प्रधानमन्त्री प्रचण्ड आज अपरान्ह भारत भ्रमणमा जाँदै

काठमाडौं, १७ जेठ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा जाँदैछन् ।   प्रधानमन्त्री प्रचण्ड ६ जना मन्त्री, मुख्यसचिव र ८ जना सचिवसहित १ सय जना भन्दा बढी सदस्य रहेको जम्बो टोली लिएर भारत भ्रमणमा जान लागेका हुन । प्रधानमन्त्रीमा निर्वाचित भएको ५ महिना पछि दक्षिणी छिमेकी भारत भ्रमणमा जान लागेका उनी २१ गते मात्रै […]

पुरा पढ़नुश

भारतीय संसदको भित्ते चित्रमा नेपाली भु-भाग राखे पछि बिराेध

भक्तपुर, १७ जेठ । नेकपा एमाले समर्थित राष्टिय युवा संघ भक्तपुरले मंगलबार साँंझ भक्तपुरको सल्लाघारीमा मशाल जुलुश निकालेको छ । हालै उदघाटन गरिएकाे भारतीय संसदमा राखिएको भनिएको भारतीय नक्सामा नेपालमा कपिलवस्तु, लुम्विनी, बिराटनगरसमेत समेटे पछि साेकाे विरोधमा जुलुश निकालेको थियो ।  

पुरा पढ़नुश

 भारतको नक्सामा कपिलवस्तु र लुम्बिनी राखिएको विषय नेपाल सरकारको नोटिसमा छ : ऊर्जामन्त्री बस्नेत

काठमाडौ, १६ जेठ । ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले भारतीय संसद भवनमा राखेको भारतको नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनी राखेको नेपाल सरकारको नोटिसमा रहेको जानकारी दिएका छन् ।   मंगलबार बसेको संसदको पूर्वाधार समितिको बैठकमा मन्त्री बस्नेतले भारतको नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनी पनि राखिएको विषयबारे बुझ्न बाँकी रहेको जानकारी दिए । तर, सरकारले नोटिस भने गरिसकेको […]

पुरा पढ़नुश

जग्गाको कित्ताकाट फुकुवा गरिने,सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने,९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क:अर्थमन्त्री डा. प्रकाशशरण महत

काठमाडौं, १६ जेठ । सरकारले आगामी आर्थिक वर्षदेखि जग्गाको कित्ताकाट फुकुवा गर्ने भएको छ । सोमबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले जग्गाको कित्ताकाट फुकुवा गरिने जानकारी दिए । उनका अनुसार जग्गाको कित्ताकाट फुकुवा भएपछि घरजग्गाको कारोबार विस्तार हुने अपेक्षा […]

पुरा पढ़नुश

भारतीय संसदकाे भित्तेचित्रमा लुम्बिनी र कपिलबस्तु राखे पछि बाबुराम भट्टराईको आपत्ति

काठमाडौं, १५ जेठ । पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले भारतले आफनो नयाँ संसद भवनमा राखिएको भिते चित्रमा अंकित भौगलिक पहिचान प्रति चासो ब्यक्त गरेका छन् ।   भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै उदघाटन गरेको संसद भवनमा अंकित भित्तेचित्रमा नेपालको कपिलबस्तु र लुम्बिनीलाई पनि भारतीय भुमी झै दर्शाउने गरी अंकित गरे पछि भट्टराईले चासो ब्यक्त गरेका हुन […]

पुरा पढ़नुश