मधेशका ६ जिल्लामा जनमतले तोक्यो इन्चार्ज

जनकपुरधाम, ११ चैत जनमत पार्टीले मधेशका ६ जिल्लाको इन्चार्ज तोकेको छ । शुक्रबार अध्यक्ष सीके राउतले पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सिरहा जिल्लाको इन्चार्ज तोकेका हुन् । ती जिल्लामा पार्टीको कामकारबाही अगाडि बढाउन र संगठन विस्तार गरी जिल्ला समिति गठन गर्न इन्चार्ज को जिम्मेवारी तोकिएको राउतले बताए । पर्सामा माधवप्रसाद सिंह इन्चार्ज, ओमप्रकाश सर्राफ […]

पुरा पढ़नुश

सोमबारसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी

काठमाडौं, ११ चैत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबारसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । शनिबार काठमाडौंमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले सोमबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । प्रचण्डले आइतबार साँझसम्म मन्त्रिमण्डल बाँडफाटका विषयलाई टुंग्याउने र सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने जानकारी गराएका बैठकपछि माओवादी सचिव देवेन्द्र पौडेलले जानकारी दिए […]

पुरा पढ़नुश

बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत प्राप्त

हेटौँडा, १० चैत । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमार्फत उनले विश्वासको मत प्राप्त गरेका हुन् । यो उनले दोस्रोपटक विश्वासको मत पाएका हुन् । गत १३ फागुनमा राप्रपाका ३ जना मन्त्रीहरुले राजीनामा दिँदै सरकारलाई समर्थन समेत फिर्ता लिएका कारण शुक्रबार  मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिएका […]

पुरा पढ़नुश

प्रभु साहको आम आदमी र माओवादी समाजवादी बिच एकीकरण हुने

काठमाडौं, १० चैत । प्रभु साह नेतृत्वको आम जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी बिच पार्टी एकता हुदैँछ ।   शुक्रवार बिहान ११ बजे हुने अनामनगरस्थित किम्चि बैंकटमा एकता सभाको आयोजना गरिएको प्रवक्ता चन्द भुषण साहले जानकारी दिए ।   नेकपा एमाले परित्याग गरी अलग्गै पार्टी खोलेका साह यतिखेर सत्तारुढ गठबन्धनमा आबद्ध रहेका […]

पुरा पढ़नुश

उपनिर्वाचनका लागि चैत ८ देखी १२ गते भित्र दल दर्ता गराईसक्नु पर्ने

काठमाडौं, ७ चैत । निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दललाई दर्ताका लागि आब्हान गरेको छ । बैशाख १० गते बारा–२ र तनहुँ–१ मा हुन गईरहेको उपनिर्वाचनको प्रयोजनका लागि चैत ८ देखी चैत १२ गतेको समयसिमा तोकेर दर्ताका लागि आब्हान गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गत मंसिर ४ को निर्वाचनमा निर्वाचित […]

पुरा पढ़नुश

त्रिवि नेविसंघ अध्यक्षमा विष्णु वडैला

काठमाडौं, ७ चैत त्रिभुवन विश्व विद्यालय नेपाल विद्यार्थी संघको अध्यक्षमा विष्णु वडैला मनोनित भएका छन्। नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले वडैलालाई नेविसंघ त्रिवि अध्यक्षमा मनोनित गरेका हुन्। नेविसंघ त्रिवि समितिको अध्यक्ष पद रिक्त रहेकाले संगठनको विधान २०२७ को सातौं संसोधन २०७५ बमोजित तीन महिना भित्र समितिको त्रिवि अधिवेशन सम्पन्न गर्ने गरि वडैलालाई जिम्मेवारी दिइएको […]

पुरा पढ़नुश

रविमाथि राहदानी दुरुपयोग मुद्दा नचल्ने

काठमाडौं, ६ चैत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा नचल्ने भएको छ । महान्यायाधिवक्ता दिनमणि पोखरेलले आज लामिछानेमाथि मुद्दा चलाउन आधार र प्रमाण नपुग्ने भन्दै मुद्दा नचलाउने निर्णय गरेको महान्याधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले जानकारी दिए । महान्यायाधिवक्ताको निर्णयसँगै अब सरकारी निकायहरूले लामिछानेमाथि राहदानी दुरुपयोगका विषयमा मुद्दा चलाउन पाउने छैनन् […]

पुरा पढ़नुश

प्रचण्डले ओलीलाई भने- मैले तपाईंलाई प्रधानमन्त्री बनाएको ब्याज तिर्न अझै बाँकी छ

काठमाडौं, ६ चैत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफूले दुईपटक प्रधानमन्त्री बनाएको बताउँदै ओलीले त्यसको ब्याज तिर्न बाँकी रहेको प्रतिक्रिया दिएका छन् । विश्वासको मत लिने क्रममा सोमबार संसदमा उठेका प्रश्नको जवाफ दिँदै उनले ओलीलाई आफूले गरेको सहयोगको हिसाब किताब राख्न आग्रह गरे । ‘मैले तपाइँलाई दुईपटक प्रधानमन्त्री बनाएको थिएँ […]

पुरा पढ़नुश

जसपाले स्विकृत गरयो उपराष्ट्रपतिको राजिनामा

काठमाडौं, ६ चैत । जनता समाजवादी पार्टी नेपालले नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादवको राजिनामा स्विकृत गरेको छ  ।   जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उपराष्ट्रपतिमा निर्वाचित भएको मिति चैत ३ गते देखी लागु हुने गरी राजिनामा स्विकृत गरेको प्रवक्ता मनिष सुमनले जानकारी दिए । उनका अनुसार उपराष्ट्रपति यादवले दिएको साधारण सदस्यसमेत नरहने गरी दिएको राजिनामा स्विकृत […]

पुरा पढ़नुश

उपराष्ट्रपति यादवले लिए पद तथा गोपनियताको सपथ

काठमाडौं, ६ चैत । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवको सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।   राष्ट्रपति भवन शीतलनिवासमा आयोजना गरिएको विशेष समारोहका बिचा  राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई शपथ गराएका हुन् ।   गत चैत ४ गते भएको निर्वाचनमा ३० हजार ३२८ मतभार प्राप्त गरी यादव उपराष्ट्रपतिमा विजयी भएका हुन् ।

पुरा पढ़नुश