कार्तिक २५ शुक्रबार । बिरगंज वडा प्रहरी कार्यालय बिर्तामा सिमा नाकाका प्रहरी कार्यालयहरुबीच आपसी सहकार्य चुनावी सुरक्षा लक्षित द्विपक्षीय छलफल भएको छ ।
वडा प्रहरी कार्यालय अन्तर्गतका सिमा नाकाहरुको सुरक्षा लगायत आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको सुरक्षा साथै स्थानियस्तरमा दुवै देशका प्रहरीहरुबीच सहयोग आदान-प्रदान, सिमा अपराध नियन्त्रण गर्ने विषयमा पर्सा जिल्ला वीरगंज महानगरको मुख्य सिमा प्रहरी कार्यालयका प्रतिनिधिहरु र भारत विहार राज्य, रक्सौल सिमाका प्रहरी कार्यालयका प्रतिनिधिहरुविच छलफल तथा परिचय कार्यक्रम सम्पन्न भएको छ ।
उक्त छलफल वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लको नेतृत्वमा मातहतका सिमा प्रहरी चौकी नगवा, इनर्वा, छपकैया, सिर्सिया, इनर्वागाँउ र भारत विहार राज्य, रक्सौल प्रहरी कार्यालयका तर्फबाट सब -डिभिजनल पुलिस अफिसर रक्सौलका (अएसपी)श्री चन्द्र प्रकाश (आइपिएस)को नेतृत्वमा रक्सौल, अदापुर, महुवा, हरपुर, भेलाही र हरैया थानाका थाना प्रभारीहरुको सहभागिता रहेको थियो।
साथै उक्त कार्यक्रममा जिप्रका पर्साका प्रनाउ निर्मल बुढाथोकिको विशेष उपस्थिति समेत रहेको वडा प्रहरी कार्यालय बिर्ताले जनाएको छ ।सभार -अजित भुजेल fb