धादिङमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

समाचार

धादिङ, ५ जेठ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-१, गजुरी बजारमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा एकजना घाइते भएका छन्।

मलेखुबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ३-००६-प-२५८७ नम्बरको मोटरसाइकल र काठमाडौंबाट मलेखुका लागि छुटेको ना.६ख २९२ नम्बरको ट्रक धादिङको गजुरी बजारमा ठोक्किँदा मोटरसाइकल चालक धादिङ सिद्धलेक ६ का अन्दाजी १९ वर्षीय सनी घलेको मृत्यु भएको हो।

मोटरसाइकलको पछाडि बसेका गजुरी १, सुन्दरगाउँका अन्दाजी २५ वर्षीय सुविन नेपाली घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।

घाइते नेपालीलाई थप उपचारका लागि काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर पठाइएको प्रहरीले जानकारी दिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *