सगरमाथा र लोत्से हिमाल आरोही सशस्त्र प्रहरीकर्मी सम्मानित

समाचार

काठमाडौं, जेठ ८ । सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले विश्वको सर्वोच्च शिखर सगरमाथा तथा लोत्से हिमाल सफलतापूर्वक आरोहण गर्ने सशस्त्र प्रहरीका दुई जना प्रहरीकर्मीलाई सम्मान गर्नुभएको छ।

सशस्त्र प्रहरी बल, नेपालका अनुसार महानिरीक्षक पौडेलले सगरमाथा तथा लोत्से हिमाल आरोहण गर्न सफल सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिकि शेर्पा र सगरमाथा आरोहण गर्न सफल सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्की लाई विशेष सम्मान गर्नुभएको हो।

सम्मान कार्यक्रममा महानिरीक्षक पौडेलले हिमाल आरोहणमार्फत राष्ट्रको गौरव बढाउनुका साथै सशस्त्र प्रहरी बलको प्रतिष्ठा उच्च बनाउन महत्वपूर्ण योगदान पुगेको बताउनुभयो। उहाँले कठिन परिस्थितिमा साहस, आत्मविश्वास र अनुशासनका साथ प्राप्त गरिएको सफलता सम्पूर्ण संगठनका लागि प्रेरणादायी भएको उल्लेख गर्नुभयो।

सशस्त्र प्रहरीले जनाएको अनुसार दुवै प्रहरीकर्मीले उच्च हिमाली क्षेत्रमा देखाएको साहसिक क्षमता, दृढ संकल्प र उत्कृष्ट प्रदर्शनले संगठनको छवि अझ उचो बनाएको छ। सम्मान कार्यक्रममा सशस्त्र प्रहरी बलका उच्च अधिकारीहरूको समेत उपस्थिति रहेको थियो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *