नागढुङ्गामा भारतीय नागरिक लागू औषध सहित पक्राउ

समाचार

काठमाडौँ, भदौ १२। काठमाडौँको चन्द्रागिरी नगरपालिका–२, नागढुङ्गा स्थित चेक प्वाइन्टमा प्रहरीले एक भारतीय नागरिकलाई ठूलो परिमाणमा लागू औषध सहित पक्राउ गरेको छ।

बुधबार बिहान करिब ५:४५ बजे गौरबाट काठमाडौँतर्फ आउँदै गरेको बा.प्र. ०३-००१ ख २८४४ नम्बरको यात्रु बस चेकजाँच गर्ने क्रममा प्रहरीले बिहार, सीतामढीका ४८ वर्षीय गणेश शर्मालाई पक्राउ गरेको हो। उनको झोलामा लुकाइ–छिपाइ गरी ल्याइएको अवस्थामा विभिन्न प्रकारका लागू औषध फेला परेको प्रहरीले जनाएको छ।

बरामद लागू औषधमा ट्रामाडोल २,४४० क्याप्सुलनाइट्राभ्याट ४,५०० ट्याबलेट रहेका छन्।

पक्राउ परेका शर्मालाई काठमाडौं जिल्ला अदालतबाट १२ दिनको म्याद थप अनुमति प्राप्त गरी प्रहरी वृत्त थानकोटमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपील राज बोहराले जानकारी दिए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *