पर्सा, १२ भदौ ।
सशस्त्र प्रहरी बल, प्रस्तावित सिमासुरक्षा गुल्म अलौले लाखौं मूल्य बराबरको अवैध सामान बरामद गरी भन्सारमा बुझाएको छ।
गुल्मका डिएसपी कृष्ण सिंह पुजाराको कमान्डमा खटिएको टोलीले मिति २०८२ भदौ १२ गते बिहान करिब ७:३० बजे बिन्दाबासिनी गाउँपालिका–४, भलुवा घाट सिमाक्षेत्रबाट ६० हजार २ सय रुपैयाँ बराबरको विभिन्न सामान बरामद गरेको हो।
यस्तै, सोही गुल्मअन्तर्गत अलौ नाकाबाट भदौ ११ गते करिब ६४ हजार १ सय रुपैयाँ बराबरको अवैध सामान नियन्त्रणमा लिई भन्सार दाखिला गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद गरिएको सामानको कुल मूल्य करिब १ लाख २४ हजार रुपैयाँ बराबर रहेको र सम्पूर्ण सामान आवश्यक प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल पर्साले जानकारी दिएको छ।
