सिद्धार्थनगरले फुटपाथ अतिक्रमण हटाउँदै,बिरगंज महानगरको पालो कहिले ?

समाचार
भैरहवा, २२ मंसिर
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले सडक फुटपाथ अतिक्रमण हटाउन थालेको छ । फुटपाथ अतक्रिमणले नगर कुरुप देखिएको र सर्वसाधरणलाई हिँड्डुल गर्न समस्या भएपछि नगरपालिकाको कार्यालयले अतिक्रमण हटाउन थालेको हो ।
सडक फुटपाथ अतिक्रमण हटाउनका लागि नगरपालिकाले नगर प्रहरी परिचालन गरेको छ । पहिलो पटकका लागि नगर प्रहरी दैनिक खटिएर सडक फुटपाथ अतिक्रमण नगर्न आग्रह गरिरहेका छन् ।
‘फुटपाथ अतिक्रमण गरेकालाई पहिलो पटकका लागि सचेत गराउँदैछौँ,’ सिद्धार्थनगर नगरपालिकाका नगर प्रहरी प्रमुख मनोज मल्लले भने, ‘अटेर गरेको अवस्थामा अतिक्रमण गरेर राखिएको साम्रगी नियन्त्रणमा लिने गरेका छौँ ।’
विशेषगरी व्यवसायीले बजार क्षेत्रको सडक फुटपाथ अतिक्रमण गरेका छन् । नगर प्रहरीले अतिक्रमण गरेर राखिएको साम्रगी नगरपालिकाको कार्यालय ल्याउने गरेका छन् । नगरपालिकाको कार्यालयमा आएको साम्रगी व्यवसायीले लिन आएको खण्डमा व्यवसाय दर्ता, बहाल कर, व्यवसाय नविकरण गरे÷नगरेको समेत पहिचान गर्ने गरिएको छ ।
‘नियन्त्रणमा लिएको साम्रगी व्यवसायीले लिन आएको अवस्थामा सम्बन्धित व्यवसायको कागजी विवरण समेत क्रस चेक गर्ने गरेका छौँ,’ सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले भने, ‘यदि कैफियत देखिएको अवस्थामा कानुन बमोजिम प्रक्रियामा लग्ने गरेका छौँ ।’ उनले थपे– ‘सडक फुटपाथ अतिक्रमण हटाउने अभियानले सर्वसाधरणलाई सहज पनि भएको र राजश्व नबुझाएको व्यवसायीले राजश्व समेत बुझाउने थालेका छन् ।’ 
व्यवसाय सम्बन्धि सबै कागजपत्र दुरुस्त भएको अवस्थामा अतिक्रमण गरेर राखिएको साम्रगी नियन्त्रणको हकमा पहिलो पटकको लागि सचेत गराएर साम्रगी दिने गरिएको उनको भनाइ छ । उनका अनुसार फुटपाथ अतिक्रमण हटाउने अभियान अन्तर्गत तीन दिनमा करिब ६० हजार रुपैयाँ राजश्व समेत संकलन भएको छ ।
पर्सा ,बिरगंज महानगरपालिकाले सडक फुटपाथ अतिक्रमण शुन्यकर्ण गर्ने अभियान कहिले देखी गर्ने हो भने चासोको बिषय बनेको महानगरका स्थानीयले बताएका छन ।मिना बजारको नेपाल टेलिकम सम्मको सडकको दुबै किनारमा तरकारी बिक्रीवितरण देखी साइकल मोटरसाइकलको अव्यवस्थित पार्किङले पैदल हिड्ने समेत समस्या भएको स्थानीयले गुनासो गरेका छन् ।
मेनरोडको किनारमा अव्यवस्थित ढंगले पसलले हरुको साइकल मोटरसाइकलको पार्किङ,भाजा फुच्का बेच्नेहरुको अव्यवस्थित ठेलाहरु,विभिन्न ब्यवासायिहरुको रोड किनारमा राखिएका बिज्ञापन बोर्डहरुले गर्दा पैदल हिडने यात्रुलाई समस्या भोग्नुपरेका महानगरले उक्त समस्याको उचित ब्यस्थापनगरी महानगरवासिलाई सहज वातावरण बनाउन ठोस कदम चाल्नुपर्छ।
फुटपाथ अतक्रिमणले महानगर कुरुप देखिएको र सर्वसाधरणलाई हिँड्डुल गर्न समस्या भएपछि बिरगंज महानगरपालिकाले कहिले देखि अतिक्रमण हटाउन कार्यको शुभारम्भ गर्छ ? महानगरका एक स्थानीय बुद्धिजीवीको गुनासो ।
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *