मधेश प्रदेश प्रहरी कार्यालयको निरीक्षण अनुगमन सम्पन्न

समाचार

जनकपुरधाम, भदौ १२ गते ।
“नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन मापदण्ड (Police Baton) २०८२” अन्तर्गत मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामको निरीक्षण तथा अनुगमन कार्यक्रम भदौ १२ गते सम्पन्न भएको छ।

उक्त अनुगमनमा नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज कुमार के.सी. र प्रहरी नायव महानिरीक्षक दिपेन्द्र जि.सी. सहितको केन्द्रिय मूल्याङ्कन टोली सहभागी भएको थियो। टोलीले प्रशासनिक भवन, विभिन्न शाखाहरू, जनशक्ति तथा अभिलेख व्यवस्थापन, अपराध अनुसन्धानको अवस्था, हातहतियारको स्थिति, शान्ति–सुरक्षा कायम गर्न अपनाइएका नयाँ अभ्यास तथा सांगठनिक सुधारका प्रयासहरूसहित विभिन्न विषयमा निरीक्षण र मूल्याङ्कन गरेको थियो।

यसै क्रममा टोलीमा खटिएका प्रहरी अधिकृतहरूले मेस, ब्यारेक लगायत कार्यालयका भौतिक संरचनाहरूको पनि अनुगमन गरेका थिए।

अनुगमन कार्यक्रममा मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाले प्रदेशको समग्र शान्ति–सुरक्षाको अवस्था, अपराध नियन्त्रण तथा अनुसन्धान, मानवश्रोत र प्रशासनिक व्यवस्थापन, स्रोत साधनको उपयोग, साथै प्रदेश प्रहरीबाट गरिएका रचनात्मक तथा सृजनात्मक कार्यसम्बन्धी विस्तृत प्रस्तुतिकरण गरेका थिए।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *