काठमाडौं, भदौ १२।
काठमाडौं महानगरपालिका–१५ अन्नपूर्ण चोक नजिक जुवा तास खेलिरहेको अवस्थामा ९ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले भदौ १० गते साँझ करिब ६ बजे गरेको कारबाहीमा उनीहरूलाई तास खेलिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो । पक्राउ परेकाबाट रु. २,२१,१४५ (अक्षरेपी दुई लाख एक्काइस हजार एक सय पैंतालीस) नगद र १० थान तासको बुक बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपील राज बोहराले जानकारी दिए ।
पक्राउ परेकाहरूमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका व्यक्तिहरू
१. श्यामकृष्ण महर्जन (वर्ष ५२), नागार्जुन–२, सानोभऱ्याङ
२. पूर्णबहादुर थापा (वर्ष ५७), महालक्ष्मी–४, ललितपुर
३. राजेश महर्जन (वर्ष ४६), काठमाडौं–२६
४. प्रदीप पाण्डे (वर्ष ३७), गुल्मी, हाल काठमाडौं–१५
५. अमर महर्जन (वर्ष ४९), काठमाडौं–१३
६. गोपाल तण्डुकार (वर्ष ५४), काठमाडौं–१३
७. खेमबहादुर थापा (वर्ष ४८), रामेछाप, हाल काठमाडौं–१६
८. सानुकाजी महर्जन (वर्ष ५०), काठमाडौं–२४
९. राजु नापित (वर्ष ४५), काठमाडौं–१५
प्रहरीले काठमाडौं उपत्यकाभित्र जुवा, तास र अन्य अवैध क्रियाकलाप नियन्त्रणका लागि निगरानी कडा पारेको जनाएको छ ।
