काठमाडौं ,१२ भदौ । सूचना प्रविधि (आईटी) क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई सरकारले मासिक २ लाख रुपैयाँसम्म तलबको व्यवस्था गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै यस कदमले अनलाइनमार्फत सरकारी सेवा विस्तार गर्दा हुने ढिलासुस्ती, घुस र कमिसन लिने प्रवृत्ति नियन्त्रण हुने विश्वास व्यक्त गरेका छन् ।
उनका अनुसार आईटी क्षेत्रमा दक्ष जनशक्ति विदेश पलायन हुनबाट रोकिने मात्र नभई सफ्टवेयर प्रणाली विकासको लागत अनुमान पनि यथार्थपरक बन्नेछ ।
प्रधानमन्त्री ओलीले आईटी विषय पढेका युवाका लागि यो निर्णय सुखद् कदम भएको उल्लेख गरेका छन् ।
