इस्तानबुलमा विस्फोटः मृत्यु हुने ६ पुगे, आतंकवादी हमला भएको अनुमान

बिदेश
एजेन्सी
इस्तानबुल, २८ कात्तिक
टर्कीको राजधानी इस्तानबुलको एउटा सडकमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या ६ पुगेको छ । आइतबार साँझ भएको सो विस्फोटमा ८१ जना घाइते भएका थिए । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
उपराष्ट्रपति फुआत ओक्तेले विस्फोटलाई एक महिलाले गराएको आतंकवादी हमला भएको अनुमान गरिएको बताए । इस्तानबुलमा एक पत्रकार सम्मेलनमा बोल्दै, उनले आक्रमणको निन्दा गर्दै हमलामा “आतंकको गन्ध“ आएको बताए ।
न्याय मन्त्री बेकिर बोजडागले  विस्फोट हुनुभन्दा केही मिनेटअघि एउटी महिला ४० मिनेटभन्दा बढी समयसम्म विस्फोट क्षेत्रमा रहेका बताए । राष्ट्रपति रेसेप तैयप एर्दोगानले दोषीलाई कारबाही गरिने बताएका छन् ।
विस्फोटको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन ।
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *