बालिकालाई बलात्कार गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ।

समाचार

रसीद आलम ।

काठमाडौं, २८ कार्तिक

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मोतिहारी पताही थाना देवापुर-९ लसनिया घर भई काठमाडौं महानगरपालिका-१२ भोटेवहाल बस्ने २० वर्षीय रेहान शेख रहेका छन् ।

बालिकालाई ललितपुर जावलाखेलस्थित नमस्ते सुविधा गेष्ट हाउसको अगाडि रोइरहेको अवस्थामा गस्तीमा रहेको प्रहरीले फेला पारी सोधपुछ गर्ने क्रममा शेखले बालिकालाई ललाई फकाई गरी भारत घरमा लैजान्छु भन्दै प्रलोभनमा पारी उक्त गेष्ट हाउसमा जबरजस्ती करणी गरेको खुलेको प्रहरीले जनाएको छ । उनलाई सोही गेष्ट हाउसबाट प्रहरीले पक्राउसमेत गरेको छ ।       

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *