बागमती प्रदेशको सर्वोत्कृष्ट प्रहरी बने वरिष्ठ नायव निरीक्षक कोइराला।

प्रदेश समाचार
अरबाज आलम।
काठमाडौं, १३ मंसिर
बागमती प्रदेश प्रहरी कार्यालयले प्रहरी वरिष्ठ नायव निरीक्षक उमेश कोइरालालाई सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरेको छ । प्रदेश प्रहरी कार्यालय हेटौंडाले आम निर्वाचन २०७९ मा उत्कृष्ट कार्यसम्पादन गरेकाले कोइरालालाई सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको जनाएको छ ।
प्रदेश प्रहरी कार्यालय हेटौंडाले मंगलबार एक समारोहकाबीच प्रदेश प्रहरी प्रमुख (डीआइजी) किरण बज्राचार्यले कोइरालालाई सम्मान पत्रसहित कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेका हुन् ।
निर्वाचनमा सम्भावित सुरक्षा चुनौतीको सुक्ष्म अध्ययन गरी कुशलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकाले प्रदेश कार्यालय हेटौंडामा कार्यरत कोइराललालाई महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको हो ।
वरिष्ठ नायव निरीक्षक कोइरालालाई महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यविधि २०७९ बमोजिम सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *