बिरगंज ,२२ कार्तिक ।
बिल बिजक भन्दा बढी खुद्रा समानहरू लोड रहेको ट्रक नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ।
कार्तिक २१ गते १:०० बजे राती बिल विजक भन्दा बढी खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट सिराहातर्फ जाँदै गरेको विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक चोकस्थित सडकखण्डमा ना.३ ख ६९९ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा नियन्त्रणमा लिएको पर्सा प्रहरीका डिएसपी कुमार बिक्रम थापाले बताए ।
रू.१७ लाख ५४ हजार २ सय ८७ बराबरको मुल्यांकन गरि ट्रक र सो भित्र लोड रहेको खुद्रा सामानहरूलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।