मकवानपुरमा यात्रुवाहक ईभी दुर्घटना, ४ जनाको मृत्यु; ४ जना घाइते

समाचार

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा यात्रुवाहक विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

प्रहरीका अनुसार बुधबार दिउँसो करिब २ बजेको समयमा काठमाडौँबाट वीरगञ्जतर्फ आउँदै गरेको म.प्र.०३–००१ ज ०७२० नम्बरको यात्रुवाहक ईभी गाडी हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल सडकखण्डअन्तर्गत सुकौरामा दुर्घटनामा परेको हो।

गाडी सडकबाट करिब १ हजार मिटर तल खसेर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी चार जनाको मृत्यु भएको प्रारम्भिक विवरण प्राप्त भएको छ।

दुर्घटनामा घाइते भएका चार जनालाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ। घटनास्थलमा प्रहरी टोली पुगेर उद्धार तथा आवश्यक अनुसन्धानको काम अघि बढाएको छ।

दुर्घटनाको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। मृतक तथा घाइतेको थप विवरण संकलन भइरहेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *