बारा:सशस्त्र प्रहरी बल बाराद्वारा ८ वटा भैसी पक्राउ।

समाचार

रसीद आलम,बारा, २८ पुस ।

सशस्त्र प्रहरी बल बाराले जीतपुरसिमरा उपमहानगरपालिका-५ दुधौरा खोला स्थितबाट अवैध रुपमा भन्सार छलि भारतबाट नेपालतर्फ लैजादै गरेको चोरी पैठारीको ८ वटा भैसी पक्राउ गरेको जनाएको छ।

विशेष सुचनाको अधारमा सशस्त्र प्रहरी बल सुरक्षा वेस जितपुरबाट सशस्त्र प्रहरी सहायक निरीक्षक कृष्ण प्रसाद चौधरीको कमाण्डमा खटिएको टोलीले भारतबाट अवैध रुपमा भन्सार छलि चोरी पैठारीका ७ वटा भैसी १ वटा पाडा नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल बाराले जनाएको छ।

सशस्त्रका टोलीलाई देख्न साथ भैसी छाडी फरार भएकाले भैसी र पाडालाई नियन्त्रणमा लिइ आवश्यक कार्वाहीको लागि बिरगंज भन्सार कार्यालयको कर्मचारीको उपस्थितिमा लिलामि प्रक्रिया गरिएको सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश जीतपुरले जनाएको छ।

सो भैसी र पाडाको रु.८९ हजार मुल्यांकन गरिएको सशस्त्र प्रहरी बल नेपाल न.१२ गण बाराले जानकारी गराएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *