रसीद आलम,बारा,२८ पुस।
सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण हे.क्वा. बाराको मातहत बि.ओ.पि. गोलागंज र प्रस्तावित सिमा सुरक्षा गुल्म मटिअर्वाले मुल्य रु.२ लाख बराबरको अबैध बोईलर कुखुराको चल्ला बरामद गरि नष्ट गरेको जनाएको छ।
सशस्त्र प्रहरीका अनुसार शनिबार ७:१० मा बाराको सिम्रौनगढ न.पा.-९स्थित अमरपुर सीमा ईलाकाबाट मुल्य रु.१ लाख ५० हजार बराबरको ८ कार्टुन बोईलर कुखुराको चल्ला भारतबाट नेपालतर्फ भन्सार छली चोरी तस्करीको माध्यमबाट ल्याउँदै गरेको अवस्थामा बि.ओ.पि. गोलागंजबाट खटि गएको टोलिले नियन्त्रणमा लिई वडा अध्यक्ष, नेपाल प्रहरी, स्थानीय व्यक्तिहरु, पत्रकार तथा पशु क्वारेन्टाईनको प्रतिनिधिको रोहवरमा पुरानो सिचाई कार्यालयको परिसरमा खाडल खनि नष्ट गरिएको सशस्त्र प्रहरी बाराले जनाएको छ।
बाराको कलैया उ.म.न.पा.-१० स्थित मटिअर्वा सीमा ईलाकाबाट मुल्य रु. ४२ हजार बराबरको ७ कार्टून बोईलर कुखुराको चल्ला भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा प्रस्तावित सिमा सुरक्षा गुल्म मटिअर्वाबाट खटिगएको टोलीले नियन्त्रणमा लिई क्वारेन्टाईन अधिकृत, स्थानिय पत्रकार र भद्रभलादमीहरुको रोहवरमा पशु क्वारेन्टाईन मटिअर्वाको परिसरमा खाडल खनि नष्ट गरिएको १२ न. गण बाराले जानकारी गराएको छ ।
