बिर्ता प्रहरीद्वारा ११ लाखको भन्सार छलिएका समान बरामद ।

समाचार

रसीद आलम ,बिरगंज ,१० असार ।

जिल्ला प्रहरी कार्यालय पर्सा मातहत वडा प्रहरी कार्यालय बिर्ताले ११ लाखको भन्सार छलिएका विभिन्न समानहरु बरामद गरेको छ।

बिभिन्न मिति र समयमा वडा प्रहरी कार्यालय बिर्ताको प्रहरी निरीक्षक पुष्कर बोगटीको कमान्डमा खटिएका प्रहरी टोलीले मातहत एरियाको बिभिन्न स्थानबाट अवैध रुपमा भारतबाट भंसार छली चोरी पैठारीगरी नेपाल भित्रीयाएका ३ लाख ५० हजार बराबरको चक्लेट,३ लाख बराबरको टेम्पर ग्लास,५० हजार बराबरको सिसाको गिलास र ४ लाख बराबरको बिभिन्न लता कपडा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ गरेका  समानहरु  असार ९ गते आवश्यक कार्वाहीको लागि वीरगंज भंसार कार्यालय पर्सामा बुझाएको वडा प्रहरी कार्यालय बिर्ताले जानकारी गराएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *