जितपुरमा सशस्त्र प्रहरीद्वारा भन्सार छलिएका दुई लाखभन्दा बढीको सामान बरामद

समाचार

बारा, २४ वैशाख

सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा बेस जितपुरले भन्सार छलिएका करिब २ लाख १५ हजार रुपैयाँ बराबरका विभिन्न किराना सामानहरू बरामद गरेको छ।

डिएसपी प्रकाश भट्टको नेतृत्वमा खटिएको टोलीले वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुबाहक बसलाई जितपुरसिमरा उपमहानगरपालिका–१, अमलेखगञ्जमा रोकेर चेकजाँच गर्दा ती सामानहरू फेला पारेको हो।

बरामद सामग्रीमा अमुल बटर, अमुल चिज, स्निकर्स चकलेटपिज्जा स्लाइस जस्ता उपभोग्य वस्तुहरू रहेका छन्। ती सामानहरू वीरगञ्जबाट काठमाडौं लैजाँदै गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

सशस्त्र प्रहरी बल बाराका अनुसार ती भन्सार छलिएका सामग्रीहरूलाई आवश्यक कानुनी प्रक्रिया पुरा गरी थप अनुसन्धानसहित वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *