रसीद आलम,बारा,२ चैत ।
जिल्ला प्रहरी कार्यालय बाराको मातहत ईलाका प्रहरी कार्यालय छतवाका प्रहरी नायब निरीक्षक सोनु कुमार मिश्राको कमान्डमा खटिएका प्रहरी टोलिले तस्करीका १० वटा गाईलाई पक्राउ गरेको छ।
शुक्रबार बेलुका २:५० को समयमा जिल्ला प्रहरी कार्यालय, तथा ईलाका प्रहरी कार्यालय छतवाबाट खटिएको संयुक्त प्रहरी टोलीले बाराको फेटा गाउँ पालिका वडा नं.६ पुरैनियामा नेपालबाट भारततर्फ लैजाँदै गरेको ७ वटा गाई र ३ वटा गाईको बच्चा जम्मा गरि १० वटा चौपायालाई नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ।
प्रहरी टोली देखेर तस्करहरु गाई छाडी फरार भएकोले उक्त गाईहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय विरगंज बुझाईएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक(डिएसपी)दधिराम न्यौपाने जानकारी दिए।
