पर्सा : नेशनल प्यब्सन टी २० क्रिकेट प्रतियोगिताको फाईनल खेलमा ३ विकेटले ग्रिनल्याण्ड विजयी ।

खेलखुद समाचार

बिरगंज ,१ चैत ।

नेशनल प्यब्सन टी २० क्रिकेट प्रतियोगिताकाे फाईनल खेलमा प्रथम बिजेता ग्रिनल्याण्ड मा. बि र माउण्ट हर्मन मा. बि भएको छ।

राष्ट्रिय निजी तथा आवासीय बिधालय एशोसिएसन नेपाल पर्साले बीरगंजको आदर्श नगर रङ्गशालामा नेशनल प्यब्सन टी २० क्रिकेट प्रतियोगिताको आयोजना गरेको थियो ।

उक्त  नेशनल प्यब्सन टी २० क्रिकेट प्रतियोगिताको फाइनल खेल हिजो बुधबार आर्दशनगर रङ्गशालामा सम्पन्न भएको  छ।

सो प्रतियोगितामा सेनियर तर्फ ग्रिनल्याण्ड मा.बि. ले ३ विकेटले जित हासिल गर्दै फाईनल खेलको उपाधी हासिल गरेको छ भन्ने जुनियर तर्फ माउण्ट हर्मन मा.बि. बिजयी भएको छ ।

फाईनल खेलको सेनियर तर्फ ग्रिनल्याण्ड मा.बि र ग्यानदोय मा बि बीच भएको थियो।ग्यानदोयले पहिलो ब्याटिङ गर्दै निर्धारित १५ ओभरमा ७२ रन बनाई ७३ रनको टारगेट दिएको थियो।सो टारगेट ग्रिनल्याण्डले ७ विकेट गुमाई ३ विकेटले जित दर्ज गरेको ग्रिनल्याण्डका प्रन्सिपल कृष्ण प्रसाद्ले जानकारी दिए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *