रसीद आलम,बिरगंज ,१ चैत ।
भन्सार छली चोरी पैठारी गरी ल्याएको ८ लाख ३९ हजार ४ सय रुपैया बराबरको लत्ताकपडाहरू पर्सा प्रहरीले बरामद गरेको छ।
फागुन २९ गते साझ ३ बजेको समयमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.७ स्थित सडकखण्डमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएको होलीको टपस-२०३० पिस, टपस-२६४ पिस र कुर्ता सुरवाल-२३० पिस पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ।
भन्सार छली चोरी पैठारी गरी भारतबाट वीरगञ्ज घण्टाघरतर्फ ल्याउदै गरेकोमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ बोकी ल्याएको मालबस्तुहरू छाडी भागी फरार भएको हुँदा सो मालबस्तुहरू वेवारिसे अवस्थामा बरामद गरी आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डिएसपी )कुमार बिक्रम थापाले बताए ।