सशस्त्र प्रहरी बाराद्वारा लाखौं मुल्य बराबरको अबैध समान सहित मोटरसाइकल नियन्त्रणमा ।

समाचार

रसीद आलम ,बारा,३२ साउन ।

सशस्त्र प्रहरी बाराले भन्सार छलीका विभिन्न समानसहित एउटा भारतीय नम्बरको मोटरसाइकल पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराका मातहत बिओपी बरैनियाका सशस्त्र प्रहरी नायब निरीक्षक सविन खड्‌काको कमाण्डमा खटिएका टोलिले शुक्रबार बिहान ११:५० बजेको समयमा बाराको फेटा गा.पा.-१ राजवटियाबाट २० हजार बराबरको कुर्ता सरवाल २० थान,९ हजार बराबरको साडी ९ पिस र २१ हजार बराबरको ब्लाउजको कपडा अन्दाजी ७० मिटर पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ।

भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ भारतिय नम्बर प्लेटको बिआर ०५ एन ०५६८ नम्बरको  हिरो कम्पनिको मोटरसाइकलको प्रयोग गरी ल्याउदै गरेका सो परिमाणका कपडा सशस्त्र प्रहरीको गस्ती टोलीलाई देख्नासाथ मोटरसाइकल र कपडा सोहि स्थानमा छाडी व्यक्ति फरार भएको हुँदा उक्त सामानहरु बरामद गरि आवश्यक कार्वाहीको लागी  मोटरसाइकल र समान बिरगंज भन्सार कार्यालयमा बुझाउने प्रकृयामा रहेको बिओपी बरैनियाका सशस्त्र प्रहरी निरीक्षक प्रकाश अचार्यले जानकारी दिए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *