रसीद आलम,बिरगंज ,३२ साउन ।
पर्सा प्रहरीले ४८९ केजी लागू औषध गाँजा ,चरेशसहित पर्साका कालिकामाई गाउँपालिका वडा नम्बर -१ मुडली बस्ने वर्ष ४० को फुलसरिफ मियाँलाई पक्राउ गरेको छ।
पर्सा पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ४ अकवा गाँउको बाँसघारीमा फुलसरिफ मियाँलाई ३० केजि लागु औषध गाँजासहित पक्राउ गरि प्रारम्भिक सोधपुछ गर्दा नजिकै रहेको बाँसघारीमा खाल्डो खनी बोराभित्र लुकाइ छिपाई राखिएको १९२ केजी चरेश र २६७ केजी गाँजाको धुलो (पोलाण्ड) बरामद भएको पर्सा प्रहरीका प्रमुख एसपी कुमोध ढुंगेलले पत्रकार सम्मेलन गरि जानकारी दिएका छन् ।
एसपी ढुंगेलका अनुसार साउन३१ गते राति ८बजेको समयमा बिभिन्न किसिमका लागु औषधहरू ठुलो परिमाणमा खरिद विक्री भईरहेको छ, भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पटेर्वासुगौली गाउँपालिका वडा नं.४ अकवा गाँउको बाँसघारीमा कालिकामाई गाउँपालिका वडा नं. १ मुडली बस्ने वर्ष ४० को फुलसरिफ मियाँ संकाष्पदरूपमा लुकिरहेको अवस्थामा निजलाई नियन्त्रणमा लिँदा निजको साथबाट लागु औषध गाँजा ३० के. जी. फेला परेको र निजसंग प्रारम्भिक सोधपुछ गर्दा नजिकै रहेको बाँसघारीमा खाल्डो खनी बोराभित्र राखि लुकाइ छिपाई राखिएको १९२ केजी चरेश र २६७ केजी गाँजाको धुलो (पोलाण्ड) प्रहरीले बरामद गरि मियालाई नियन्त्रणमा लिएको हो।
निज विरुद्ध लागु औषध कसूरमा थप अनुसन्धान कार्य भैरहेको प्रवक्ता डिएसपी दिपक भारतीले जानकारी दिए।
