पर्सामा भेपको अबैध कारोबारको संजाल बढदै,स्थानीय सुरक्षाकर्मीद्वारा संजाल तोडदै।

समाचार

रसीद आलम,बिरगंज ,३२ साउन ।

पर्साको मुख्य शहर बिरगंजमा भेप (ईलेक्ट्रीक चुरोट)को अबैध ब्यापार व्यापक रुपले फस्टाएको छ।बाहय मुलुकबाट आयात गरि चोरी तस्करीको बाटो प्रयोग गरेर भारततर्फ भेप ब्यापक मात्रामा तस्करी भैरहेको छ।

भारतमा भेप(ईलेक्ट्रीक चुरोट)अबैध तथा निषेध छ।भारत सरकारले सन २०१९ मा भेपलाई अबैध करार गरेको छ।

तस्करहरुले तस्करीको माध्यमबाट भेपको तस्करी गरिरहेको अवस्थामा सशस्त्र प्रहरी बल पर्साले रु.१३ लाख ८५ हजार बराबरको भेप (ईलेक्ट्रीक चुरोट) बरामद गरेको छ।

सशस्त्र प्रहरी पर्साका प्रवक्ता डिएसपी देबेन्द्र बहादुर सिंह का अनुसार साउन३१ गते बिरगंज म.न.पा.-१६ भन्सार मेनगेट नजिकबाट सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजको टोलीले बिरगंजबाट भारततर्फ जादै गरेको टाँगा चेकजाँच गर्दा टाँगा भित्र फल्स बटम बनाई लुकाई छिपाई राखेको भेप (ईलेक्ट्रीक चुरोट) ४५० थान सहित घोडा र टाँगालाई नियन्त्रणमा लिएको छ।
आवश्यक कारवाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाएको छ ।

गत साउन २५ मा पर्सा प्रहरीले बिरगंज -७ रेल्वे रोड्को कुम्हालटोलमा रहेको एक ट्रान्सपोर्ट्को गोदाममा छापामारी गरि करिब ४ करोड ५६ लाखको भेप बरामद गरेको थियो।

भेप एउटा ईलेक्ट्रीक चुरोट हो जसमा विभिन्न फेलेबर हुन्छ ।यसमा निकोटिनको मात्रा पनि धेरै भएकाले मानव जिवनको लागि अति नै खतरनाक छ। एक रिपोर्टका अनुसार निकोटिन फोक्सो ,मुटु र मस्तिष्क लगायत मानव जिवनमा प्रत्यक्ष असर गर्छ।

मानव जिवनका लागि जोखिमपूर्ण भएकाले यसको बिक्रीवितरणमा मापदण्ड कायम गरि सम्बन्धित निकायले ध्यान दिन आवश्यक देखिने जानकार बताउँछन्।भेपको प्रयोग बढी गरेर युवा पिढिले गरिरहेको एक अधय्यनले खुलासा गरेको छ।

युवा पिढी देशको भविष्य हुन ,उनिहरुलाई यसबाट बचाउन देशको उत्तरदायित्व हो।भेपको बिक्रीवितरणमा मापदण्ड कायम हुनसकेन भने भविष्यमा यसले लागू औषध भन्दा बढी भयावह अवस्था सृजना गर्न सक्ने जानकारहरु आशंका गरेका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *