रसीद आलम, बिरगंज ,१० साउन ।
पर्सा प्रहरीले एक करोड बयासी लाख छ हजार चार सय अडतिस बराबरका काजु, ज्वानो र ईलेक्ट्रोनिक्स सामानहरू रहेको दुइटा ट्रकहरू पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सन्कास्पद रहेको दुई ट्रक मालसामान नियन्त्रणमा लिएको जनाएको छ।
साउन ९ गते साझ ४:३० बजेको समयमा पर्साको वीरगञ्ज वडा नम्बर २५ चण्डाल चोक स्थित सडकखण्डबाट ना.५ ख २९१२ र ना.३ ख ७७२७ नम्बरको ट्रकहरूमा रू.१ करोड ८२ लाख ६ हजार ४ सय ३८ बराबरको काजु, ज्वानो र ईलेक्ट्रोनिक्स सामानहरू बरामद गरि ट्रक र मालसामान आवश्यक कार्वाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कुमोध ढुंगेलले जनाएका छन ।
