रसीद आलम,बिरगंज ,१० साउन ।
सशस्त्र प्रहरी बल पर्साले खुर्सानिको बोरामा लुकाई छिपाई राखिएको ठुलो परिमाणमा लागुऔषध बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजबाट सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योन्जनको कमाण्डमा खटीएको टोलीले भारतबाट बिरगंज तर्फ आउदै गरेको यात्रु वाहक अटोलाई बिरगंज-१६ भन्सार मेनगेट स्थित व्यारिएरमा चेकजाँच गर्ने क्रममा अटोको छत माथि रहेको खुर्सानिको बोरामा लुकाई छिपाई राखेको डाईजापाम (२ एम एल) -७०० एम्पुल, नोर्फिन (२ एम एल) -७०० एम्पुल, प्रोमेफाजिन (२ एम एल) -७०० एम्पुल प्रतिबन्धित लागु औषध फेला परेको हुँदा उक्त लागु औषध नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागी प्रहरी चौकी ईनर्वामा बुझाईएको प्रवक्ता डिएसपी देबेन्द्र बहादुर सिंहले बताए।
साथै बि.ओ.पि. ड्राईपोर्टबाट खटीएको टोलिले बिरगंज-२५ खल्वा नाकाबाट भारतबाट नेपाल तर्फ आउँदै गरेका बाराको जितपुर सिमरा उप-महानगरपालिका -७ बस्ने २ जना व्यक्तीलाई संका लागि चेकजाँच गर्दा निजहरुले थाई र जुतामा लुकाई छिपाई ल्याउँदै गरेको प्रतिबन्धित लागु औषध नाईट्राभेट ट्याबलेट ३८ पत्तामा – ५७० पिस फेला परेकोले निजहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको डिएसपी सिंहले बताए।
