पर्सा:लागु औषध गाँजा सहित नगवाको शेख सदाम पक्राउ ।

समाचार

रसीद आलम,बिरगंज ,२६ मंसिर ।

पर्सा प्रहरीले बिरगंजको नगवाबाट लागु औषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नं.१६ नगवा  फुलवारी टोलको वर्ष २३ को शेख सदाम रहेको प्रहरीले जनाएको छ ।आफ्नै घरमा अवैध लागु औषध गाँजा विक्री वितरण गरिरहेको अवस्थामा निजलाई पक्राउ गरिएको प्रहरीले बताएको छ।

मंगलवार दिउँसो १ बजेको समयमा विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र लागु औषध नियन्त्रण व्यूरो पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले  खानतलासी गर्दा निजको घरमा खाटमुनी कालो रंगको प्लाष्टिकको डिब्बाभित्र लुकाइ छिपाई राखिएको अवस्थामा लागु औषध गाँजा ६ के.जी.५०० ग्राम तथा  डिजिटल तराजू २ थान बरामद गरिएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी )कुमार बिक्रम थापाले बताए ।

निज शेख सदामलाई नियन्त्रणमा लिइ  लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको डिएसपी थापाले जानकारी गराए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *