पर्सा प्रहरीद्वारा ३५ लाख बराबरको हार्डवेयर समान लोड रहेको ट्रक पक्राउ।

समाचार

बिरगंज ,२८ फागुन ।

बिल बिजक भन्दा बढी हार्डवेयर पार्टसहरू लोड रहेको मालवाहक ट्रक पर्सा प्रहरीले  पक्राउ गरेको छ।

फागुन २४ गते राती ११:३० बजे बिल विजक भन्दा बढी हार्डवेयर बोकेको माल बाहक ट्रक वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको सूचनाको आधारमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डकचोक स्थित सडकखण्डमा ना.६ ख ४२७१नम्बरको ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी हार्डवेयर पार्टस लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा नियन्त्रणमा लिएको पर्सा प्रहरीले  जनाएको छ।

३५ लाख १५ हजार ४ सय ५ रुपैयाँ बराबरको मुल्यांकन गरि नियन्त्रणमा लिएको हार्डवेयर पार्टसहरू थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि  फागुन २७ गते राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्सा प्रहरीका डिएसपी ध्रुव कुमार श्रेष्ठले बताए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *