भन्सार छली गोदाममा राखिएका जुत्ताहरू पर्सा प्रहरीद्वारा पक्राउ।

समाचार

बिरगंज,२८ फागुन ।

भन्सार छली चोरी पैठारी गरी ल्याएको ७ लाख ५ हजार रुपैयाँ बराबरको जुत्ताहरू पर्सा प्रहरीले घण्टाघर स्थित एक गोदामबाट बरामद गरेको छ।

फागुन २५ गते पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.८ घण्टाघर स्थित सडकखण्डमा घरकोठा भाडामा लिई नामथर वतन नखुलेको व्यक्तिले भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएको जुत्ताहरू अनाधिकृतरूपमा भण्डारण गरी राखेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गोदाममा छापामारी गरि बरामद गरेको पर्सा प्रहरीले जनाएको छ।

स्थानीय जनप्रतिनिधीहरूको रोहबरमा गोदामको खानतलासी गरी वेवारिसे अवस्थामा फेला परेको जुत्ता-६९५ जोर ,सुपर किलिक क्रीम-३७ पिस र प्लाष्टिकको लेडिज चप्पल-२६ पिस बरामद गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि फागुन २७ गते वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको पर्सा प्रहरीका प्रवक्ता डिएसपी ध्रुव कुमार श्रेष्ठले बताए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *