छिपहरमाई लागुऔषध तस्करीको हब बन्दै? १४० केजी गाँजा बरामद

समाचार

पर्सा, साउन १० ।पर्साको ग्रामीण क्षेत्र छिपहरमाई गाउँपालिका लागुऔषध ओसारपसार तथा भण्डारणको केन्द्र बन्दै गएको संकेत देखिएको छ। पछिल्ला दिनमा यस क्षेत्रमा गाँजा बरामद हुने घटनाहरू दोहोरिन थालेका छन्।
यसैक्रममा, पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुर स्थित एक आँप बगैंचाबाट प्रहरीले १४० किलोग्राम गाँजा बरामद गरेको छ।

पर्सा प्रहरीका अनुसार विशेष सूचनाको आधारमा शनिबार राति करिब ९:३० बजे इलाका प्रहरी कार्यालय पोखरिया र सशस्त्र प्रहरी बलको बीओपी मिर्जापुरबाट खटिएको संयुक्त टोलीले बगैंचामा खानतलासी गरेको थियो।
खोजतलासका क्रममा घाँसभित्र लुकाइछिपाइ राखिएको १३ वटा पोकामा प्याक गरिएको करिब १४० किलोग्राम गाँजाजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

बरामद गरिएको गाँजा नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ। गाँजा कसले र किन त्यहाँ लुकाएर राखेको थियो भन्ने विषयमा अनुसन्धान केन्द्रित गरिएको प्रहरीले जानकारी दिएको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *