अमलेखगंजका वरिष्ठ सई कार्कीको नेतृत्वमा ४ किलो अफिम र ७ किलो गाँजासहित दुई जना पक्राउ

समाचार

बारा, माघ ३० – बारा जिल्लाको जीतपुर सिमरा उप-महानगरपालिका वडा नं. २१, अमलेखगंज चोकमा लागू औषधसहित दुई जना पक्राउ परेका छन्।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अमलेखगंजबाट प्रहरी वरिष्ठ नायब निरीक्षक टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले हेटौडाबाट वीरगंजतर्फ जाँदै गरेको प्र.३-०२-००७ प ८२३९ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकललाई रोकि जाँच गर्दा ठूलो परिमाणमा लागू औषध फेला पारेको हो।

प्रहरीका अनुसार मोटरसाइकल चालक धादिङ गजुरी गाउँपालिका-३, नाङ्गी टोलका २९ वर्षीय सुन बहादुर थिङ र मोटरसाइकलको पछाडि सवार बारा निजगढ नगरपालिका-१३, डमरपुरका २२ वर्षीय संजय मोक्तानलाई नियन्त्रणमा लिइएको छ।

पक्राउ परेका व्यक्तिहरूबाट ४ किलो अफिम जस्तो पदार्थ र ७ किलो २० ग्राम गाँजा, साथै नगद रु. २०,००० समेत बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवैजनामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *