सशस्त्र प्रहरी बलद्वारा २३ लाख ५१ हजार बराबरको अवैध सामान भन्सार दाखिला।

बिदेश राजनीति समाचार

पर्सा, मंसिर १४।

सशस्त्र प्रहरी बल, प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको टोलीले पर्सा जिल्लाको बीरगंज महानगरपालिका-१६, भन्सार मेनगेट तथा विभिन्न स्थानहरूबाट अवैध रूपमा भन्सार छल्दै भारतबाट नेपालतर्फ ल्याउँदै गरेको सामान बरामद गरेको छ।

टोलीले ना २ ह ७७२५ नम्बरको अटो, म.प्र. ०३-०२८प ७२८६ नम्बरको मोटरसाइकल तथा अन्य सार्वजनिक सवारी साधनमार्फत ल्याइएको किराना सामान, मोटर पार्ट्स, कम्प्युटर पार्ट्स, कपडा, कस्मेटिक्स र सामान्य औषधिहरू सहित कुल रु. १९ लाख ३१ हजार ९ सय ४८ बराबरको सामान नियन्त्रणमा लिएको हो।

बरामद अटोको भन्सार मूल्य रु. ३ लाख  र मोटरसाइकलको भन्सार मूल्य रु. १ लाख २०हजार  निर्धारण गरिएको छ। यसरी जम्मा रु.२३ लाख ५१ हजार ९ सय ४८ बराबरको सामान नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी विष्णु हरि घिमिरेले जानकारी दिनुभएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *