सशस्त्र प्रहरी पर्साद्वारा १२ लाख भन्दा बढीका अवैध सामान र सवारी साधन भन्सार दाखिला

समाचार

पर्सा, माघ ३०।

सशस्त्र प्रहरी बल नेपाल, नं. १३ गण हे.क्वा, पर्सा अन्तर्गत प्रस्तावित सिमाना सुरक्षा गुल्म, वीरगंजले विशेष सूचनाका आधारमा अवैध रूपमा भन्सार छली ल्याइएका सामान र सवारी साधन बरामद गरेको छ।

सशस्त्र प्रहरीले वीरगंज भन्सार कार्यालयको सहकार्यमा वीरगंज महानगरपालिका-१५, भिस्वा टोलस्थित राम नरेश साह तेलीको घरमा भाडामा बस्दै आएका विकास पटेलको कोठा तथा उनको सञ्चालनमा रहेको बा.प्र.०३-००१ च ३१२३ नम्बरको म्याजिक भ्यानमा छापा मारेको थियो। छापाका क्रममा भारतबाट अवैध रूपमा ल्याइएका रु. २,१४,५६० बराबरको खजुर र चकलेट बरामद गरिएको छ। साथै, उक्त म्याजिक भ्यानको भन्सार मूल्याङ्कन रु. १०,००,००० रहेको हुँदा बरामद सामग्रीको कुल मूल्य रु. १२,१४,५६० पुगेको छ।

सशस्त्र प्रहरीले उक्त सामग्री तथा सवारी साधन नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालय, पर्सामा बुझाएको सूचना अधिकारी
सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्र सिंह धामीले जनाएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *