चितवनमा खैरोहेरोइन जस्तो देखिने पदार्थ सहित एक जना पक्राउ

समाचार

चितवन, २८ फागुन । चितवनमा लागुऔषध खैरोहेरोइन जस्तो देखिन पदार्थ सहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा लम्जुङको सुन्दरबस्ती नगरपालिका ३ स्थायी घर भई हाल चितवन भरतपुर महानगरपालिका वडा नम्बर १७ बस्ने अनिल गुरुङ रहेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गुरुङले आफ्नै घरमा लागूऔषध लुकाई छिपाई राखी बिक्री वितरण गर्ने भन्ने प्राप्त सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चनौलिबाट खटिएको प्रहरी टोलीले शुक्रबार उनलाई पक्राउ गरेको हो। उनको घरमा खानतलासि गर्दा लागुऔषध खैरोहेरोईन जस्तो देखिने पदार्थ ३ ग्राम र २ हजार ३ सय ८० रुपैयाँ फेला परेको प्रहरीले जानकारी दिएको छ।

गुरुङलाई आजै जिल्ला अदालत चितवनबाट म्याद थपको अनुमति लिई अनुसन्धान अगाडि बढाइएको प्रहरीले बताएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *