एक लाख बढी कतारी रियालसहित त्रिभुवन विमानस्थलबाट एक जना पक्राउ

समाचार

 

काठमाडौं, ७ फागुन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ लाख २६ हजार ३ सय कतारी रियालसहित एक जना पक्राउ परेका छन् ।

एयर इन्डियाको उडानद्वारा दिल्ली जान लागेका टर्कीस्  नागरिक २९ वर्षीय हिदील कयान करीकमारलाई साथमा लुकाई लैजान लागेको उक्त कतारी रियालसहित पक्राउ गरिएको हो।

यस सम्बन्धमा थप  अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *