समाजसेवी तथा सामुदायिक छपकैयाका अध्यक्ष ठकुराई हज समितिको सदस्यमा मनोनीत ।

समाचार

बिरगंज ,२५ बैशाख।

समाजसेवी तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाका अध्यक्ष हाजी ग्यासुदिन ठकुराईलाई नेपाल सरकारले हज समितिको सदस्यमा मनोनीत गरेको छ।

बिरगंज महानगरपालिका -२ छपकैया निवासी हाजी ग्यासुदिन ठकुराई विभिन्न समाजिक सेवामूलक संस्थामा आबद्ध रहि समाज सेवा गर्दै आईरहेका छन् ।

दुई दशकदेखी समाज सेवामा क्रियासील रहेका ठकुराईलाई नेपाल सरकारका गृह मन्त्रालयले नेपाल हज समित्ति कार्यविधि, २०७२ को दफा ३ को उपदफा (२) प्रकरण (ख) बमोजिम २ (दुई) वर्ष सम्म कार्यकाल रहने गरी नेपाल हज समितिको सदस्य पदमा कामकाज गर्ने गरी मनोनीत गरेको छ।

गृह मन्त्रालयले जारी गरेको पत्र अनुसार “नेपाल सरकार (माननीय उपप्रधानमन्त्री एवम् गृहमन्त्रीस्तर) को मिति २०८१/०१/२३ को निर्णयानुसार तपाईलाई नेपाल हज समित्ति कार्यविधि, २०७२ को दफा ३ को उपदफा (२) प्रकरण (ख) बमोजिम मिति २०८१/०१/२३ देखि लागू हुने र २ (दुई) वर्ष (२०८३/१/२२। सम्म कार्यकाल रहने गरी नेपाल हज समितिको सदस्य पदमा कामकाज गर्ने गरी तोकिएको छ ।
नेपाल हज समितिको सदस्यको जिम्मेवारी प्राप्त गर्नुभएकोमा हार्दिक बधाई छ।”गृह मन्त्रालयको जारी पत्रमा उल्लेख छ।

नेपाल सरकारले आफुलाई हज समितिको सदस्यमा मनोनीत गरेकोमा नेपाल सरकार लगायत सम्पुर्ण शुभचिन्तकहरुलाई धन्यवाद दिदै आफ्नो कार्यकाल ईमान्दारिताका साथ जिम्मेवारी पुर्वक निर्वाह गर्ने ठकुराईले प्रतिबद्धता गरेका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *